कोरोना संक्रमितलाई ब’चाउन ३१ टन औषधि सहित चिनियाँ टोली इटाली पुग्यो

काठमाडौं । नोभेल कोरोना भाइरस अति प्र’भावित मुलुकमा चीन र इटाली पर्छन् । गत डिसेक्बर देखि चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरसको संक्रमण विश्वका डेढ सय मुलुकमा फैलिसकेको छ। सबैभन्दा बढी प्रभावित चीनमा ३२ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने त्यस प्रभावित इटालीमा २१ सयभन्दा बढी मानिसको मृ’त्यु भएको छ ।

आफैं अति प्रभावित भएर पनि चीनले अन्य प्रभावित देशलाई औषधि र मेडिकल जन्य सामाग्री सहयोग गरेर विश्वलाई मानवता पाठ सिकाएको छ । ३१ टन औषधि र मेडिकल एक्सपर्टहरु लिएर चिनियाँ टोली इटालीका कोरोना सं’क्रमितलाई ब’चाउन पुगेको छ ।

चिनियाँ राष्ट्रपति सि जिङफिनले इटालीलाई कोभिड-१९ विरुद्धको लडाईमा चीनले सहयोग गर्ने बताएका छन्। इटालीका प्रधान मन्त्रीसँगको टेलिफोन वार्ताका क्रममा यस्तो प्रतिवद्धता जनाएका हुन्। दुई नेताबीच सोमवार टेलिफोन वार्ता भएको थियो। वार्तामा राष्ट्रपति सिले इटालीको चिन्ता चीनको चि’न्ता भएको भन्दै थप स्वास्थ्य विज्ञहरुलाई इटाली पठाउने बताएको चाइना डेलीले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्