तनहुँ, ५ चैत्र। तनहुँकी एक महिला चि’तुवाको आ’क्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उ’द्धार गर्न सफल हुनुभएको छ। शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आ’क्रमण गरी घि’सारेर ५० मिटर तल पु¥याएको चितुवासँग ल’डेर छोरीलाई बचा’उनु भएको हो ।
घरको आँगनमा रहेको धारामा आमासँग हात स’मातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले आ’क्रमण गरी लगेको थियो । छोरीलाई चि’तुवाले ता’नेर लगेसँगै होहल्ला गर्दै आमाले चितुवासँग ल’डेर छोरी बचाउनु भएको हो। चितुवाको आ’क्रम’णमा परी घाइते छोरीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चितुवाले बालिकाको पेटमा चार वटा, दुई खुट्टामा एक÷एकवटा न’ङ्ग्रा गा’डेर घा’इते बनाएको अस्पतालले जनाएको छ ।
अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य ख’तरा मुक्त रहेको बालिकाका बाबु नारायण न्यौपानेले जानकारी दिनु भयो । “गाउँमा चि’तुवाको आ’तङ्क सुरु भएको धेरै भयो । हामी सबै परिवार घर मै थियौँ । आमासँगै हात समातेर गएकी छोरीलाई चि’तुवाले ताने पनि श्रीमतीले साहसका साथ चि’तुवासँग भि’डेर छोरी ब’चाउन सफल भइन्”, न्यौपानेले भन्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्