वृद्धभत्ता लिन धेरै दुःख र झण्झट, ६ महिना देखि वृद्धभत्ता नपाएको गुनासो

बालबिक्रम कार्की, रौतहट, ५ चैत्र । रौतहट जिल्लाको दुर्गाभवतीका स्थानीयले नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता लिन निकै दुःख पाएको गुनासो गरेका छन् । बैंकिङ माध्यमद्वारा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि सेवाग्राहीले अझ बढी तनाव खेप्नु परेकाे छ ।

सरकारले सामाजिक सुरक्षा भत्तामा अनियमिता नहोस् भनेर बैंकिङ प्रणाली मार्फत वितरण गर्न सुरु गरेपनि व्यवहारिक रुपमा भने निकै झ’ण्झटिलो रहेको सेवाग्राहीको गुनासो छ । विशेष गरी वृद्धभत्ता लिन आउने यो प्रणालीबाट अझ बढी प्रवाभित बनिरहेका छन् । र्गाभगवती गाउँपालिकाका वृद्धवृद्धा आफ्नो वृद्धभत्ता लिन बारम्बार बैंक धाउनु परेकाले आजित भएका छन् ।

७० वर्ष उमेर कटेकालाई नेपाल सरकारले प्रदान गर्दै आइरहेको मासिक ३ हजार वृद्धाभत्ता लिनकाे लागि ५/६ बैंक पटक धाउनु परेको सेवाग्राहीको गुनासो छ । सो गाउँपालिकामा रहेको सनराइज बैंक मार्फत वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता लिन बैंकमा घण्टौ लाइन लाग्नु पर्ने ८३ वर्षीया रिजनी देवी बताउनुहुन्छ । घण्टौ लाइन बस्दा पनि पालो नआएर ३ दिनदेखि लगातार धाइरहेको उहाँको गुनासो छ ।

आफ्नो भत्तालिन ५ दिनदेखि बैंकमा धाउँदा पनि नपाएको रामशरण वैठाको गुनाेसाे छ । ‘जहिले आउँदा पनि बैंकले तपाईको पालो आएको छैन् भन्दै फर्काउछ,’ उहाँले भन्नु भयाे । हिडडुल गर्न पनि समस्या रहेको उहाँ बारम्बार बैंकमा धाउन नसक्ने अवस्थामा हुनुहुन्छ । आफ्नी आमालाई भत्ता लिनको लागि दैनिक २ सय टेम्पो भाडा खर्च गरेर आउनु परेको भलोहिया निवासी रामनरेश बताउनु हुन्छ ।

‘३ दिनदेखि वृद्ध आमालाई लिएर आइरहँदा बैंकले तपाईको नम्बर आएको छैन् भन्दै फर्काउछ, पालाे कहिलाे आउने हाे पत्तै छैन’ उहाँले भन्नुभयाे । राज्यले प्रदान गरेको भत्ता लिन पनि यति धेरै दुःख र झण्झट पाएपछि उनीहरु आक्रोशित बनेका छन् । बैंक र स्थानियतहले राम्रो व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले दुःख पाइरहेको स्थानीय नेकपा नगर कमिटी अध्यक्ष शम्भु सिंह बताउनु हुन्छ ।

सिंहले गाउँपालिका र बैंकले सम्वन्यन गरेर प्रत्येक वार्डको फरक–फरक दिन भत्ता वितरण गर्ने व्यवस्था मिलाए सेवाग्राहीले यतिधेरै दुःख नपाउने बताउनु भयाे । उहाँले यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराउनु भयो । बैंकमा वृद्धभत्ता लिन आउने कतिपय लठ्ठी टेक्दै आइरहेका देखिन्थे भने कतिपय राम्रोसँग उभिननसक्ने पनि थिए । उनीहरुले राज्यले पहिले जसरी घरघरमै आफूले पाउने भत्ता वितरण गरे निकै सजिलो हुने बताए ।

वृद्धभत्ता बैंकमा दिने गरेदेखि आफूहरुले निकै दुःख पाउँदै आइरहेको उनीहरूकाे गुनासाे थियाे । दुर्गा भवगती शाखाका प्रमुख धर्मराज चौधरीले आफूहरुले छिटो छरितो रुपमा सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न प्रयास गरे पनि एकैपटक धेरै संख्यामा सेवाग्राहीहरु आउँदा समस्याहुने गरेको बताउनुहुन्छ ।

के भन्छ बैंक र गाउँपालिकाका ?

गाउँपालिकामा रहेका ५ वटै वार्डका सामाजिक सुरक्षा भत्ता लिन एकै दिन आउँदा बैंकमा अत्याधिक चाप हुने गरेको जसले गर्दा सेवाग्राहीलाई फर्काउनु परेको उहाँको भनाइ छ । यस सम्बन्धमा दुर्गा भगवती गाउँ पालिकाका प्रमुख अरुण कुमार साहसँग प्रतिक्रिया लिदाँ उहाँले आफूले सामाजिक सुरक्षा भत्ता सहज रुपमले वितरण गर्न प्रयास गरिरहेको बताउनुयभाे ।

झण्झट रहित ढंगबाट भत्ता पाउने वातावरण मिलाउनकाे लागि पनि गाउँपालिका लागिपरेकाे उहाँले बताउनु भयो । सर्वसाधरण बैंकिङ प्रणालीमा अभ्यस्त नभएकाले पनि केही समस्या देखिएको भन्दै उहाँले बैंकसँग सहकार्या गरेर सम्भव भए घर घरमै गएर वृद्धभत्ता बाड्ने आफ्नो योजना रहेको सुनाउनु भयो ।

यसैगरी गरि सो गाउँपालिका सामाजिक सुरक्षा भत्ता लिने अधिकासंले ६ महिनादेखि आफुहरुले भत्ता नपाएको गुनासो गरेका छन् । गाउँपालिकाले आफूहरुको खातामा रकम नहालेकाले गत कार्तिक देखि भत्ता नपाएको सेवा ग्राहीको भनाइ छ । जिल्लाका अधिकासं स्थानीय तहमा विशेषगरी वृद्धभत्ता लिन आउने अधिकांस वृद्धवृद्धाहरुले यस्ताखाले समस्या भोग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्