प्रधानमन्त्री ओलीलाई चाँडै डिस्चार्ज गरेकोमा पत्नी राधिका शाक्यको असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई चिकित्सकहरूले तीन महिनासम्म पूरै रेस्टमा बस्न भने पनि अटेर गर्दै उनी सार्वजनिक कार्यक्रममा देखिन थालेका छन्। दोस्रोपटकको मिर्गौला प्र’त्यारोप’णपछि प्रधानमन्त्रीको पेटमा ठूलै घा’उ छ। जुन निको हुन समय लाग्छ । तर, प्रधानमन्त्री ओलीलाई भने निजी सचिवालयले जबर्जस्ती सार्वजनिक कार्यक्रममा हिँडाउन थालेको छ ।

प्रधानमन्त्री ओली अस्पतालबाट फर्केपछि शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पुगिसकेका छन। चिकित्सकहरूले सहमतिमै एकपटकलाई सिंहदरबार पठाइएको उल्लेख गरेका छन् ।तर, प्रधानमन्त्री ओलीलाई अस्पतालबाट चाँडै डिस्चार्ज गरेकोमा पत्नी राधिका शाक्य असन्तुष्ट रहेको बताइएको छ । केही समय प्रधानमन्त्री अस्पतालमै रहून् भन्ने चाहना राधिकाको थियो ।

तर, सचिवालय सदस्यहरूले जबर्जस्ती डिस्चार्ज गरेको भन्दै उनले असन्तुष्टि जनाएको बुधबारको जनआस्थाले समाचार छापेको छ। ‘मैले भनेकै हो, अस्पतालमै ठीक छ,यहाँ नआएको भए हुन्थ्यो’ प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्यले आइतबार बालुवाटार मा निकटस्थहरूसँग गुनासो गरेकोबारे पत्रिकामा छापिएको छ ।समाचारअनुसार शुक्रबार साँझ सिंहदरबार जाने कार्यक्रम तय भयो ।

चिकित्सकहरू ‘हुँदैन–हुँदैन’ भन्दै थिए । तर, सचिवालयका अधिकारीहरू यति सेन्सिटिभ कुरामा रोक्न नमिल्ने भनी जिद्दी गर्दै थिए । त्यस माथि प्रधानमन्त्री आफैँले मुख खोले, ‘म अस्पताल मै भएको भए एउटा कुरा, अब डिस्चार्ज भैहालेँ, जान्छु ।’ यस पछि निजी चिकित्सक डा.दिव्या सिंह शाहले शर्त राखिन्, ‘उहाँ सिंहदरबार पुग्नुअघि सेनिटाइजर स्प्रे छरियोस्, इन्फेक्सनका अरु सबै खतराबारे पूर्वसचेतता अपनाइयोस् ।’

शुक्रबार अस्पतालबाट डिस्चार्ज हुनुअघि र आइतबार फलो अपमा गएका बेला पनि प्रधानमन्त्री पत्नी राधिकाले अस्पतालमै आराम गराउन उचित हुने भनेको समाचारमा जनाइएको छ । राधिकाको कुरामा दिव्या सहितका सबै चिकित्सक सहमत थिए । तर, प्रमको सचिवालय हेर्ने मान्छेहरू भन्दै थिए ‘यहाँ जति धेरै राख्यो, उहाँका बारेमा चाहिने, नचाहिने हल्लाले हाम्रो टाउको खान्छ। त्यसैले लैजाऔँ, बालुवाटारमै पूरै आराम गराएर राखौँ, डाक्टर सा’बहरूको टिम पनि उतै जाऔँ ।’ त्यसो भन्दा पनि राधिकाले मुन्टो हल्ला एर अस्वीकार गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्