कुन ब्लड ग्रुपलाई कोरोनाको संक्रमण बढी, यस्तो छ चिनियाँ अध्ययन

एजेन्सी : चीनका मेडिकल अनुसन्धान कर्ताहरूले मानिसको रग’त समूहका आधारमा कोरोना भाइरसको सं’क्रमण फरक- फरक हुने निष्कर्ष निकालेका छन् । हङकङ बाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्ट समाचारपत्र का अनुसार कोभिड-१९ को उदगम थलो हुवेई प्रान्तको वुहान र सेन्जनमा गरिएको अध्ययनले ब्ल’ड ग्रुप ए भएका मानिसमा यसको सं’क्रमण धेरै देखिने र रोग लागिसके पछि अवस्था पनि ग’म्भीर हुने देखिएको छ।

अर्कातिर ब्लड ग्रुप ओ भएका मानिसमा भने कोरोनाको सं’क्रमण कम हुने अध्ययनको प्रारम्भिक निष्कर्ष छ। वुहान विश्व विद्यालय अस्पतालको सेन्टर फर एभिडेन्स बेस्ड एन्ड ट्रान्सलेसनल मेडिसिनको सहकार्यमा गरिएको उक्त अनुसन्धानका क्रममा २ हजार भन्दा बढी मानिसको र’गतको नमूनाको विश्लेषण गरिएको थियो। वुहानमा कोरोना भाइरसबाट मृ’त्यु भएका २०६ जनाको र’क्त समूह छुट्याउँदा ८५ जनाको ए थियो भने ५२ जनाको ओ समूह थियो।

अर्थात् ओभन्दा ब्लड ग्रुप ए भएका ६३ प्रतिशत बढी मानिसको मृ’त्यु भयो । यी मृ’त्युमा उमेर समूह र व्यक्ति गत स्वास्थ्य अवस्था पनि महत्वपूर्ण अवयव हुन् । यो अध्यनन बेइजिङ वुहान, सांघाइ र सेन्जेन सहरका डाक्टर र वैज्ञानिकहरू मिलेर गरेका हुन् तर यसको यसको ‘पियर रिभ्यू’ हुन बाँकी छ। अनुसन्धान कर्ताहरूले पनि अहिले नै यसलाई कोरोना वि’रूद्धको मार्ग निर्देशक मान्न नहुने तर्फ सचेत गराएका छन्।

यदि तपाईंको र’क्त समूह ए हो भने पनि आत्तिनु पर्दैन किनकी यसको अर्थ तपाईं सं’क्रमित हुनु नै हुन्छ भन्ने होइन अर्कातिर तपाईंको शरिरमा ओ समूहको र’गत बग्छ भने पनि तपाईं सत प्रतिशत सुर’क्षित होइन तपाईंले पनि अरूले जस्तै साव’धानीका उपाय अपनाउनु पर्छ।

प्रतिक्रिया दिनुहोस्