आगामी आइतबारबाट पल्सर १२५ को उपत्यकामा बिक्री सुरु हुने, यस्तो छ मूल्य

काठमाडौं । पल्सर १२५ आगामी आइतबारबाट काठमाडौंमा बिक्री सुरु हुने भएको छ। बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक एचएच बजाजले आगामी आइतबारबाट पल्सर १२५ को बिक्री काठमाडौंमा सुरु गर्न लागेको हो ।कम्पनीले केही समयअघि नै पल्सर १२५ लाई तराइका जिल्लाहरुमा बिक्री सुरु गरेको थियो ।

हुलास अटो क्र्फटले नेपालमा नै एसेम्वल गरेको बजाज पल्सर १२५ ले होन्डा साइनसँग सिधा प्रतिस्पर्धा गर्ने देखिएको छ । कम्पनीले उपत्यकाका केही शोरुमबाट पल्सर १२५ को बुकिङ समेत लिइरहेको छ । ‘हामीले उपत्यका बाहिरबाट बिक्री सुरु गरेको पल्सर १२५ यही हप्ता काठमाडौं आउने छ । आगामी आइतबारबाट हामी यसको बिक्री काठमाडौंमा सुरु गर्नेछौं’, एचएच बजाजका निर्देशक अभिमन्यू गोल्छाले भने ।

कम्पनीले यसको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ कायम गरेको छ । नयाँ मोटरसाइकल सँगै नेपालमा पल्सर सिरिजमा ५ मोडलको बिक्री वितरण हुने भएको छ । सबै पल्सर र पल्सर एनएस सिरिज नेपालमा नै एसेम्वल भइरहेका छन् ।यस मोटर साइकलमा १२५ सीसी एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिन दिइएको छ । यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ ।

प्रतिक्रिया दिनुहोस्