कोरोना भाइरसको सं’क्रमणबाट बंगलादेशमा पनि १ को ज्या’न ग’यो

काठमाडौं, ०५ चैत । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) दक्षिण एसियाली देशहरुमा पनि देखिन थालेको छ । कोरोना भाइरसको सं’क्रमण बाट छिमेकी राष्ट्र भारतमा पनि तीन जनाले ज्या’न गु’माइ सकेका छन्।

यसैबीच बंगलादेशमा पनि कोरोना भाइरसको संक्र’मणबाट बुधबार एक जनाको ज्या’न गएको छ। सरुवा रोग नियन्त्रण तथा अनु’सन्धान संस्थान (आईईडीसीआर) का निर्देशक प्राध्यापक मिरजादी सब्रिनाका अनुसार कोरोनाको सं’क्रमणबाट ७० वर्ष भन्दा माथिका एक ब्यक्तिको ज्या’न गएको हो ।

ज्या’न गु’माउने ती व्यक्ति पहिल्यै देखि उच्च रक्तचाप, मधुमेह, मु’टु सम्बन्धी रोग र श्वास प्रश्वासबाट ग्रसित रहेको निर्देशक सब्रिनाले जनाएकी छन् । बुधबारसम्म बंगलादेशमा कोरोना सं’क्रमित व्यक्तिहरुको संख्या १४ पुगेको बताइएको छ । त्यस्तै, माल्दिभ्समा पनि यसको सं’क्रमण देखिएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्