अब चाँडै नेपालमा रेल चलेको देख्नु हुनेछ : मन्त्री नेम्वाङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले नेपालमा रेल चढ्न धेरै कुर्नु नपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री नेम्वाङले जनकपुर जय नगर रेलमार्ग तयार भएको बताउँदै एक डेढ महिनामा भारतले रेल दिने जानकारी दिए ।

रेलमार्गको ३५ किमि ट्र्याक सम्पन्न भएको बताउँदै उनले जनकपुरबाट बर्दिबाससम्म रेल चल्ने बताए । उनले बनिरहेको रेलको ३ पटकसम्म अवलोकन गरेको जानकारी दिए । समितिको बैठकमा उनले भने, ‘अब रेल चढ्न दुई तीन महिना भन्दा बढी कुर्नु पर्दैन । चाँडै नेपालमा रेल चलेको देख्नुहुनेछ । हामी रेलको निरन्तर निरीक्षण गरिरहेका छौ । तर हामीसँग रेल चलाउने दक्ष जनसक्तिको अभाव छ ।

त्यसको ब्यवस्थापन गर्नुपर्नेछ । रेल सम्बन्धी विधेयक पनि आइसकेको छ ।’ बैठकमा सांसदहरुले नेपालमा सडक दुर्घटना बढिरहेको भन्दै सडक नीति सुधार गर्न र चालकका लागि तालिम र कडा कानुन ल्याउन आग्रह गरेका थिए । सांसद दिनानाथ शर्माले सर कारी तहबाट ड्राइभिङ स्कुल खोल्न आग्रह गर्दै नक्कली लाइसेन्सका कारण दुर्घटना बढेकाले त्यसलाई नियन्त्रण गर्न माग गरे ।

मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले जनकपुर जयनगर रेलमार्ग तयार भएकाले एक डेढ महिनामा भारतले रेल दिने बताएका हुन्। मन्त्री नेम्वाङले रेलमार्गको ३५ किमि ट्र्याक सम्पन्न भएको बताउँदै जनकपुरबाट बर्दिबाससम्म रेल चल्ने जनाए । मन्त्री नेम्वाङले बनिरहेको रेलको ३ पटकसम्म अवलोकन गरेको समेत जानकारी दिए ।

मन्त्री नेम्वाङले भने, ‘अब रेल चढ्न दुई तीन महिना भन्दा बढी कुर्नुपर्दैन । चाँडै नेपालमा रेल चलेको देख्नुहुनेछ । हामी रेलको निरन्तर निरीक्षण गरिरहेका छौ । तर हामीसँग रेल चलाउने दक्ष जनसक्तिको अभाव छ । त्यसको ब्यवस्थापन गर्नुपर्नेछ । रेल सम्ब न्धी विधेयक पनि आइसकेको छ ।’ यसै क्रममा, सांसदहरुले नेपालमा सडक दुर्घटना बढिरहेको भन्दै सडक नीति सुधार गर्न र चालकका लागि तालिम र कडा कानुन ल्याउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्