विश्वभर ८५ करोड विद्यार्थीको पढाई कोरोना भाइरसका कारण प्र’भावित : यूनेस्को

एजेन्सी । विश्वको विद्यार्थीहरू मध्ये झण्डै आधा सङ्ख्या कोरोना भाइरसको विश्वव्यापी प्र’भावपछि विद्यालय जानबाट ब’ञ्चित बनेका छन् । विश्व भरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस स’ङ्क्रमणको प्र’कोपबाट टाढा राख्न स’म्बन्धित मुलुकका सरकारले गरेको निर्णयका कारण विद्यालय तथा विश्वविद्यालय नगएका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (यूनेस्को)ले बुधबार जनाएको छ ।

यूनेस्कोले यसलाई शिक्षा क्षेत्रमा खडा भएको ‘अप्रत्याशित चुनौती’ भनेको छ। यूनेस्कोका अनुसार विश्वका ११३ मुलुकमा पूर्ण तथा आंशिकरूपमा विद्यालयहरू बन्द गरिएका छन् । यसमध्ये १०२ मुलुकमा विद्यालय पूर्णतया ब’न्द गरिएका छन् भने ११ अन्य मुलुकमा आंशिकरूपमा बन्द भएका छन् । यूनेस्कोका अनुसार आगामी केही दिनमा थप देशहरूले पनि विद्यालयलाई ब’न्द गरी विद्यार्थीका कारण स’ङ्क्रमण फै’लिने सम्भावनालाई रो’क्ने पहल भइरहेको छ ।

त्यस्तै, नेपाल सरकारले बिहीबारदेखि हुन लागेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा हाललाई स्थगित गर्ने निर्णय हो। सो निर्णयको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी गराएका थिए। बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले एइईई परीक्षा रोक्ने निर्णय गरेको जानकारी दिए । अब परीक्षा कहिले हुने भन्नेमा भने सरकारले केही बताएको छैन ।

प्रतिक्रिया दिनुहोस्