गाईको गोबर र गहुँत ८०० रूपैयाँमा बिक्दै

एजेन्सी : भारतमा कोरोना भाइरस फैलिएसँगै गाईको गोबर र गहुँत धमाधम बिक्री हुन थालेको छ । इकोनोमिक टाइम्सका अनुसार पश्चिम बंगाल आसपास क्षेत्रमा गोबर र गहुँत ८०० रूपैयाँ किलो-लिटरमा बेचिएको छ । डेरी व्यवसाय गर्दै आएका स्थानीय मावुद अलीका अनुसार कोरोना भाइरसको सं’क्रमणबाट ब’चिने भन्दै गोबर र गहुँत किन्न आउनेको संख्या बढ्दो छ।

संसारभर फै’लिरहेको कोरोना सं’क्रमण रोक्ने भन्दै अनेक भ्र’म फैलिएका छन्। मान्छे पिरो, र’क्सी खानेदेखि गहुँत वा गोबरसम्मको पुगिसके। तर विश्व स्वास्थ्य संगठनले गरेकाे अध्ययनमा यी सबै भ्रम हुन्। यी कुरा खाँदा कोरोना संक्रमण नहुने भन्ने कुनै आधार वा पुष्टि छैन। यी सबै मान्छेले नै फै’लाएका भ्र’म मात्र भएका संगठनले बारम्बार भन्दै आएको छ।

तर रोगको त्रा’सले मान्छेलाई अनेक गराउँछ। भारतको राजधानी दिल्लीमै तीन दिन अघि हि’न्दू अभियन्ताहरूले गहुँतले कोरोना सं’क्रमणबाट बचाउने भन्दै ग’हुँत पिउने कार्यक्रम गरेका थिए । पश्चिम बंगालका अली लाई पनि गहुँत र गोबर बेच्ने उपाय यही गहुँत ‘पार्टी’बाट फुरेको बताएका छन्। उनले आफ्नो पसल अगाडि गोबरका प्याकेट र बट्टामा ग’हुँत बेच्न राखेका छन्।

‘ग’हुँत पि’उनुस्, कोरोना भा’इरस भगाउनुस्,’ उनको पसल अगाडि टाँसिएको पोस्टरमा लेखिएको छ। अलीका अनुसार उनका घरमा दुइ वटा गाई छन् । एउटा स्थानीय भारतीय जातको र एउटा जर्सी गाई । उनी यिनै गाईको दू’ध बे’चेर गुजारा चलाउँछन्।

‘जब मैले टिभीमा ग’हुँत पार्टी भएको खबर हेरेँ, मलाई लाग्यो मैले पनि अब ग’हुँत र गोबर बेचेर ना’फा कमाउन सक्छु,’ अलीका भनाइ उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ । उनको पसलमा भने अन्त भन्दा स’स्तोमा गो’बर र ग’हुँत बेचेको बताउँ छन्। उनले पाँच सय रूपैयाँ हाराहारीमा बेचिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्