कोरोना रो’क्ने सरकारका १५ कदम : विद्यालय र कलेज चैत मसान्तसम्म ब’न्द

काठमाडौं : विश्वभर कोरोना (कोभिड–१९)को त्रास फैलिदा त्यसको प्रभाव नेपालका समेत विभिन्न क्षेत्रमा परेको छ। कोरोना सं’क्रमण तथा रोकथामका निम्ति सरकारले विभिन्न कार्यक्रम सार्वजनिक गरिसकेको छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार १५ बुँदे निर्णय गरेको छ।

सरकारले चैत मसान्तसम्म सबै विद्यालय र कलेज बन्द गर्ने भएको छ। ‘चैत ६ गतेदेखि सञ्चालन हुन गइ रहेको एसईई परीक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवम् व्यवस्थित रुपमा सम्पन्न गर्ने’, बैठक पछि सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्व विद्यालयहरुमा पठनपाठन २०७६ चैत मसान्त सम्मका लागि बन्द गर्ने ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमले कारोनाको विषयमा भ्र’म फैलाउने र सामान लुकाउनेलाई का’रबाही गर्ने लगायत विभिन्न १५ बुँदे निर्णय गरेको हो। समितिका संयोजक उपप्रधान मन्त्री पोखरेल सहित स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा लगायत उच्च सरकारी अधिकारीको उपस्थिति रहेको छ। चीनको वुहानबाट फै’लिएको कोरोना विश्वका १६३ देशमा फैलिएको र भारतमा समेत तीन जनाको मृ’त्यु भइ सकेको अवस्थामा नयाँ रणनीति बनाउने योजना सहित उच्च स्तरीय समितिको बैठक बसेको हो।

प्रतिक्रिया दिनुहोस्