शिवमाया नेपालको इतिहासमै शक्तिशाली महिला नेतृत्व

काठमाडौं। माननीय शिबमाया तुम्बाहाङ्फेमा वास्तममानै कुनै कमी रहेनछ तर उनलाई सभामुख बनाउन नेकपाको जत्थालाई गाह्रो परिरहेको छ। तर तुम्बाहाङ्फेले नेकपाको नेतृत्व तहले दिएको दवावलाई गलह त्याएर राजिनामा दिन ईन्कार गरेपछि उप-सभामुखको चौतर्फी चर्चा भएको छ । उपसभामुख रहेकै कारण उनी दलको ह्वीप र निर्देशनभन्दा बाहिर छिन् ।

भविष्यमा पार्टीको राजनीतिमा आइपर्ने अप्ठ्याराबाहेक तत्काललाई उनले नचाहेसम्म उपसभामुख पद जाने सम्भावना छैन । हुनपनि हो, अहिलेसम्म कै उच्चतहमा काम गर्ने महिलाहरु मध्यकै सबैभन्दा क्षमतावान् देखिनुभएको छ उप-सभामुख तुम्बाहाङ्फे । औपचा रिक शिक्षामा विद्यावारिधी हाँसिल गरेको, कानूनको विद्यार्थी, चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सकृय भएको व्यक्तिलाई सभामुख बनाउन पार्टीले आनाकानी गर्नू दुःखद् कुरा भएको बुझिन्छ ।

महिला आन्दोलन कै विषयमा विद्यावारिधी गरेकै मान्छेलाई अहिले महिला भएकै कारण उक्त पदमा लैजान नेतृत्व किन अनकन गरेको छ अचम्मको विषय बनेको छ। सभामुखको पदमा कति राजनीति र छलकपट हुने गरेको रहेछ भन्ने अहिले आएर जनताले बुझ्न थालेका छन् । पूर्व सभामुख ओन्सारी घर्तीमगर र वर्तमान सम्माननीय राष्ट्रपतिलाई हेर्ने हो भने कसैले पनि डा. तुम्बाहाङ्फेलाई असक्षम भन्न मिल्ने अवस्था छैन ।

तर नेपालको घिनलाग्दो राजनीति दैव जानुन् । नेकपा भित्र नै दुईवटा खोला बगेको छ एउटा खोलाले एमालेको पानी बोक्छ अर्को खोलाले माओवादीको । यदि शिबमाया तुम्बाहाङ्फेको अडान कायम रहने हो भने तुम्बाहाङ्फे नेपालको इतिहासमै कडा महिला हुने निश्चित छ । कम्युनिष्ट भित्र प्रचण्ड र ओली सर्वशक्तिमान छन् यिनीहरुको मिलेमतोमा भएको कुरा कुनैले पनि काट्न डराउँछन् तर तुम्बाहाङ्फेको यो साहसलाई मान्नुपर्छ ।

“जे सुकै गर, महाअभियोग लगाएपनि लगाउ तर म, राजिनामा दिन्न”। यो नेतृत्वलाई गतिलो झापड पनि हो। पार्टि सबैको हो तर जहिले पनि अध्यक्षले मात्रै मनोमानी गर्न पाउने व्यवस्था भएको नेकपालाई अब जुनसुकै कदम लिँदापनि दुईपटक सोच्नै पर्ने बनाएको छ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए पार्टीले चाहेर पनि पदबाट हटाउन वा थप कारबाही गर्न नसक्ने अवस्था देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्