नेपाल एअरलाइन्सको दुबई र जापान उडान स्थगित, मिति परिवर्तन गर्दा शुल्क नलाग्ने

काठमाडौं, ६ चैत । नेपाल एयरलाइन्सले भोलिदेखि जापानको नारिता र यूएईको दुबई उडान स्थगित गरेको छ । नेपाल एयर लाइन्सले ७ चैत मध्यरात देखि लागु हुने गरी जापान र दुबई गन्तब्यको नियमित उडान स्थगित गरेको हो । चैत्र ७ गते र त्यसभन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने निगमको भनाइ छ ।

उपप्रधानमन्त्रीतथा रक्षामन्त्री ईश्वर पोख्रेलको अध्यक्षतामा बुधबार बसेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णय अनुसार जापान र दुबई उडान चैत मसान्तसम्मका लागि स्थगित गरिएको निगमले जनाएको छ

निगमका अनुसार चैत्र ७ गते र त्यस भन्दा पछिका उडानका टिकट लिएका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै फिर्ता दिइने र उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल वायुसेवा निगमले जापानको नारिता र यूएईको दुब ईमा गर्दै आएको नियमित उडान चैत ७ गतेको मध्यरातदेखि लागू हुनेगरी स्थगित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्