डा.सुन्दरमणि दीक्षितले अ’फवाह फैलाएको भन्दै कारबाही गरिने !

काठमाडौं : कोरोना भाइरसको संक्रमण नियन्त्रण प्रयास भइरहेको बेला डा. सुन्दरमणि दीक्षितले अफवाह फैलाएको भन्दै कारबाही गर्न माग उठेको छ। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा अफवाह फैलाएको आरोपमा दीक्षितलाई कारबाही गर्न माग उठेको हो।

‘डा. दीक्षितलगायत केहीले कोरोना भाइरसको संक्रमणका बारेमा अफवाह फैलाएको भन्ने विषय बैठकमा उठेको थियो,’ गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले भने ‘अ’फवाह फैलाउनेलाई कानुनका दायरामा ल्याउनु पर्ने विषयमा छलफल समेत भयो।’ उनका अनुसार अफवाह फैलाउने दीक्षित लगायतलाई का’रबाही गर्न माग उठेपछि उपस्थित मन्त्री र सचिवहरुले ग’म्भीरता पूर्वक छलफल समेत गरे।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सरकारी निकायले पटक पटक कोभिड–१९ को रिजल्ट ‘नेगेटिभ’ आइरहको जनाउँदा डा.दीक्षित लगायतलले कोभिड–१९ का बारेमा भ्र’म फैलाउने काम गरेको जनाएका थिए। उनका अनुसार हालसम्म ५ सय १२ जना बिरामीको जाँच गर्दा सबैमा ‘नेगेटिभ’ देखा परेकाले हालसम्म नेपालमा संक्रमित ब्यक्ति नभेटिएको विवरण पेस गरेका थिए।

दीक्षितले कोभिड–१९ को जाँच गर्ने किट नै नेपाल सरकारसँग नभएको आरोप लगाएपछि मुलुकमा त्रा’स फैलिएको निष्कर्ष निकाल्दै उक्त बैठकमा गम्भीर रुपमा छलफल भए पनि निर्णय भने सो बैठकमा हुन सकेन। कारबाही गर्ने निकायलाई अधिकार प्रयोग गर्न सकिने अनुमति भने दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, संघीय मामिला मन्त्री हृदयेश त्रिपाठी लगायत नेपाल सरकारका उच्च पदाधिकारी समेत उपस्थित रहेको बैठकमा दीक्षित लगायत केहीलाई सांकेतिक रुपमा भए पनि कारबाही गर्न उक्त बैठकमा उपस्थित एक उच्च अधिकारीले जनाए।

डा. दीक्षितले केही दिन अघि सरकारसँग कोभिड–१९ परीक्षण गर्ने किट नै नभएको उल्लेख गर्दै टेकुमा भर्ना हुन आएका बिरामीलाईको ‘ल्याबटेस्ट’ नै नगरी सरकारले त्यसै ‘नेगेटिभ’ भनेर बिरामीलाई फिर्ता पठाउने गरेको आ’रोप लगाएका थिए। जसका कारण देशभरि कोरोना भाइरसले संक्रमित बिरामी समेत रहेको दाबी गरेपछि बैठकमा दीक्षित लगायत यु’ट्युबर र सामाजिक सञ्जालमा लेख्नेलाई समेत सांकेतिक रुपमा भए पनि का’रबाही गर्ने छलफल भएको छ।

दीक्षितले कोभिड–१९को बिरामी भएमा भिआइपी र भिभिआइपी लाई मात्रै चेकजाँच गरिने तर सर्वसाधारणले भने त्यो सुविधा नपाउनेजस्ता झन्डै आधा दर्जन आ’रोप लगाएर सरकारको तयारी र भइरहेको काममा प्रश्न उठाएका थिए। टेकुमा परिक्षण गरिएका ब्यक्ति हरुमा कोरोनो भाइरस संक्रमण भएको तर सरकारसँग किट नभएकाले देशभरि छरिएर रहेको आशंका समेत दीक्षितले गरेका थिए।

दीक्षितको उक्त भनाइपछि मुलुकभर त्रास छाएको स्वास्थ्य सेवा विभागको निष्कर्षसमेत महा निर्देशक श्रेष्ठ लगायतको निष्कर्ष बैठकमा प्रस्तुत भएको छ। सरकारले पनि हिजोमात्रै सार्वजनिक गरेको १५ बुँदेमा ‘सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुनेगरी कुनै पनि सञ्चार माध्यम (सामाजिक सञ्जाल समेत)बाट गलत अभिब्यक्ति दिएमा विद्यमान कानुन बमोजिम कडा का’रबाही गरिनेछ,’ भन्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट दीक्षित लगायतलाई कारबाही गर्नेबारे छलफल भएको हो।

कुनै पनि विषयमा सनसनीपूर्ण रुपमा अफवाह फैलाएको ठहर भएमा १ लाख रुपैयाँ जरिवाना र ६ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने कानुनी ब्यवस्था रहेको छ। सरकारले कारवाही तयारी गरिहँदा दीक्षितले भने बिहीबार फेरि सरकार वि’रुद्ध बोलेका छन् ।वरिष्ठ चिकित्सक एवं नागरिक समाजका अगुवा दीक्षितले कारोना संक्रमित देशभित्रै भएको दाबी गरे।

आवश्यक परीक्षण नहुँदा संक्रमित नभेखिएको भन्दै कतिपय बिरामीलाई परीक्षणनै नगरी फर्काइएको उनको दाबी छ। ‘कोरोना भाइरसको संक्रमित भएपनि अस्पतालबाट ८५ प्रतिशत रुघाखोकी लागेर हराउने र १२ प्रतिशतलाई जाँचै नगरी पठाइएको छ। डाक्टरको सिफारिस बिना आफुलाई शंका लागेमा जाँच्न पाउनुपर्छ, यसको सबै बन्दोबस्त मिलाउन म सरकारलाई आग्रह गर्दछु’, उनले भने।

सरकारले आवश्यककता अनुसार मात्र बिरामी जाँच्ने उपकरण मगाउने भनेकोमा आपत्ति जनाउदै डा. दीक्षितले राष्ट्रको ढुकुटीबाट तुरुन्त मेशीन (परिक्षण किट) ल्याउन आग्रह गरेका छन् । उनले भने,‘परीक्षण किट तत्काल ल्याउनुपर्छ, ढिलाई गर्ने होइन।’ उनले आवश्यक मेशीन फास्ट ट्रयाकबाट ल्याउनपनि सरकारलाई सल्लाह दिए । दीक्षितले हरेक नेपालीलाई स्वास्थ्यको अधिकार भएकोले रोग जाँच्न नपाएमा संविधान विपरित हुने भन्दै यस्तो आपतमा मेशीन नल्याउँदा जनता आक्रोसित भई सडकमा आउन बाध्य हुने तर्फ पनि सचेत गराए।

प्रतिक्रिया दिनुहोस्