गगन थापाको अनुरोधमा नेपाल टेलिकमद्वारा कोरोना सं’क्रमण सचेनात्मक रिंगब्याक टोन

काठमाडौं : विश्वभर म’हामारीको रुपमा फैलिरहेको कोरोना भाइरस ‘कोभिड १९’ को सं’क्रमणको सतर्कताको लागि सरकारले नागरिकलाई विभिन्न सूचना जारी गर्दै सचेत बन्न अनुरोध गरीरहेको छ । यसै बीच नेपाल टेलिकमले आज देखि रिंगब्याक टोनका रुपमा बज्ने धुन हटाउँदै कोरोना सचेतना सन्देश दिन थालेको छ ।

कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्ने सहितको सन्देश दिन थालिएको हो । पूर्व स्वास्थ्य मन्त्री एबम युवा नेता गगन थापाले गत चैत्र २ गते नेपाल टेलिकमका कार्यकारी निर्देशक कार्यालय मा गएर कोरोना संक्रमणको सतर्कताका लागि सचेतनामूलक रिंगब्याक टोनमा( CRBT) राखिदिन अनुरोध गर्नु भएको थियो ।

सन्देशको विषय र क्रममा भने स्वास्थ्य मन्त्रालयले धेरै काम गर्नुपर्ने छ, आज आफ्नो सामाजिक संजाल मार्फत तत्काल शुरूगर्ने वचन आजको दिन देखि सुरु भएकोमा धन्यबाद दिनु भएको छ । कुनै पनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोना को लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो ।

पटक-पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायम गर्न सन्देशमा भनिएको छ । टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो । फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ ।

प्रतिक्रिया दिनुहोस्