वैज्ञानिकले पत्ता लगाए कोरोनाबारे नयाँ तथ्य

काठमाडौं । कारोना भाइरस (कोभिड-१९) अहिले लगभग विश्वभर फैलिएको छ। यसबाट सं’क्रमित हुनेको संख्या दिनानुदिन बढ्दो छ। कोभिड १९ निर्मूल पार्न दुनियाँभरका वैज्ञानिक आफ्नो तर्फबाट प्रयास गरिरहेका छन्। यसैबीच अष्ट्रेलिया का वैज्ञानिकले पाएको सफलताले यो महामारीमा नयाँ आशा जगाएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

पिटर डोहर्टी इन्टिच्युट फर इन्फेक्सन एण्ड इम्युनिटी अष्ट्रेलियाका शोधकर्ताले हालै कोरोना भाइरस र हाम्रो इम्युन सिस्टमबारे एक महत्वपूर्ण तथ्य पत्ता लगाएका छन् । वैज्ञानिकले कोरोना सं’क्रमित ४० वर्षीया महिलाको र’गत जाँच गरेका थिए । जसबाट शरीरको प्रतिरक्षा प्रणालीले जसरी आम रुपमा फ्लुसँग लड्छ, त्यसैगरी कोभिड १९ वि’रुद्ध पनि ल’ड्न सक्छ भन्ने पत्ता लागेको हो।

मानव शरीरको प्र’तिरक्षा प्रणालीले कोरोना संक्रमणविरुद्ध कसरी काम गर्छ भन्ने बारे नक्सांकन भएको र यसको निदानका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने अनुमान वैज्ञानिकले गरेका छन् । कोरोनाबाट संक्रमित ती महिला अहिले स्वस्थ भइसकेकी छन् । यसले कोरोनाबाट बच्न मुस्किल भए पनि असम्भव भने नभएको इसारा गरेको छ।

प्रतिक्रिया दिनुहोस्