कोरोना सं’क्रमित सबै बिरामीको उपचारको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री ढकाल

काठमाण्डाै:स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताउनु भएको छ। नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबैको उपचारको जिम्मा सरकारले लिने बताउनु भएको हो ।

उहाँले सबै प्रदेशमा भाइरस परीक्षणको व्यवस्था गरिने र कोरोना संक्रमण भएको पाइएमा बिरामीको जिम्मा सरकारले लिने स्पस्ट पार्नुभयो। मन्त्री ढकालले निजी क्षेत्रका अस्पतालमा उपचारको व्यवस्था भएपनि पहिलो प्राथमिकता सरकारी अस्पताल नै रहेको बताउनु भयो । उहाँले निजी अस्पतालहरुको प्रयोग विदेशी नागरिक तथा कुटनीतिक नियोग र अन्य व्यक्तिहरुको लागि गरिने बताउन भयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले सहि सूचना प्रवाह गर्न आग्रह गर्नुभएको छ। आ’चारसंहिता उलंघन गर्ने काम नगर्न आग्रह गर्दै अध्यक्ष श्रेष्ठले कोरोना वि’रुद्धको ल’डाई आफ्नो जीजनसँग पनि जोडिएकाले गलत प्रचार नगर्न आग्रह गनुृभयो। ‘कोरोना वि’रुद्धको यु’द्ध आफ्नै जीवनसँग जोडिएको यु’द्ध हो ।

त्यसैले ग’लत प्रचार गर्दा त्यो लगत ह’तियारको नि’साना सोझिएर आफूतिर पनि आउन सक्छ’, उहाँले भन्नुभयो। विश्वव्यापि कोरोनाको स’न्त्रास बढिरहेको सन्दर्भमा स्वास्थ्य मन्त्रालय र प्रेस काउन्सिल नेपालले कोरोना भाइरस सं’क्रमण र मिडियाको भूमिका विष यमा सचेतामूलक कार्यक्रमको आयोजना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्