ट्रम्पको गुनासो : चीनले कोरोनाबारे हामीलाई पहिले नै भन्‍नु पर्थ्‍यो

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले कोरोना भाइरसबारे आफूलाई पहिले नै भन्नुपर्ने बताएका छन् । ‘म चाहन्छु, उनीहरुले कोरोना भाइरस बारे हामीलाई पहिले नै भन्नसक्थे । के भइ रहेको छ भन्ने जानकारी दिन सक्थे,’ ट्रम्पले भनेका छन् । कोरोना भाइरसबारे सार्वजनिक रुपमा नआएसम्म आफूहरुलाई जानकारी नभएको ट्रम्पको भनाइ छ ।

ट्रम्पले अघि थपेका छन्, ‘यो पब्लिक रुपमा नआएसम्म हामीलाई थाह नै थिएन ।’ चीन अति गोप्य रहेको र जुन दुर्भाग्यपूर्ण रहेको पनि उनको तर्क थियो । जनवरी २४ मा ट्रम्पले चीन र राष्ट्रपति सि जिनफिङलाई कोरोना भाइरसको संक्रमणबारे पारदर्शिता नदे खाएको आ’रोप लगाएका थिए ।

साथै एक साताअघि मात्रै कोरोना भाइरसलाई ‘चाइनीज भाइरस’ भनेपछि ट्रम्प आलोचित बनेका थिए। पछिल्लो पटक चीनले आफू समस्यामा परेको पहिले नै थाहा पाए पनि आफूहरुलाई जानकारी नदिएकोमा ट्रम्पले गुनासो गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस बारे हामीलाई पहिले नै भन्नसक्थे, जानकारी दिनपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्