वीरगञ्जका रुगंटामा कोरोना संक्रमण नदेखिएको पटना अस्पतालकाे रिपाेर्ट

बीरगञ्ज , ९ चैत । काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएका छन् । प्राप्त पछिल्लो रिपोर्ट अनुसार भारतको पटना स्थित अस्पतालमा भर्ना गरिएका वीरगञ्जका शिवकुमार रुगंटामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नदेखिएको पटना अस्पताले दिएकाे रिपोर्ट मार्फत पुष्टि भएको छ।

यस अगा’डि पहिलो परीक्षणमा कोभिड –१९ पोजेटिभ देखिएको भनिए पनि ल्याबको नतिजामा नेगे टिभ आएको पटना अस्पतालका चिकि’त्सकले जानकारी गराएका छन् । यसैबीच, सीधाकुरा जनतासँग कार्य क्रमसँग कुरा कानी गर्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पनि वीरगञ्जका व्यापारी शिव कुमार रुगंटामा कोरोना संक्रमणको पुष्टि हुन नसकेको बताउनु भएको छ । पटना मेडिकल कलेज/अस्पतालले आइतबार राति ९ : ३० बजे रुगंटाको परिवारलाई दिएको दोस्रो नमूना परीक्षणको नतिजा नेगेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्