रणवीरको जुत्ता लुकाए बापत सालीहरूले मागे ११ करोड ५ लाख

काठमाडौं : बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्टले अप्रिल १४ मा विवाह गरे। उनीहरूको विवाहमा नजिकका आफ्न्त र साथीभाइहरूको मात्रै उपस्थिति थियो। उनीहरूको विवाह निकै गोप्य तरिकाले सम्पन्न भएको हो। विवाहपछि उनीहरूको विवाहको केही रोचक कुराहरू बाहिरिएको छ। हिन्दुस्तान टाइम्सका अनुसार आलियाका बहिनीहरू पूजा, शाहीन भट्ट र साथीहरूले बेहुलाको जुत्ता लुकाएका थिए।

उनीहरूले जुत्ता लुकाएपछि रणवीरसँग ११ करोड ५ लाख भारतीय रुपैयाँ मागेका थिए। तर रणवीरले उनलाई एक लाख मात्र दिए।रणवीरलाई सासु आमा सोनी राजदानले निकै महँगो घडी गिफ्ट दिएकी छन्। जसको मुल्य २ करोड ५ लाख रुपैयाँ बताइएको छ। भट्ट परिवारले विवाहमा आउने पाहुनालाई काश्मिरी सल उपहार स्वरुप उपहार दिएका थिए। यो शल धेरै महँगो छ र धेरै राम्रो सामग्रीबाट बनेको हुन्छ।

यो पनि, ‘केजीएफ २’ले हिन्दी भर्सनमै कमायो दुई दिनमा सय करोड
साउथ सुपरस्टार यश अभिनीत फिल्म ‘केजीएफ २’ले बक्सअफिसमा डंका पिटेको छ । फिल्मले प्रदर्शनको दुई दिनमा नै बलिउड र साउथका कयौं फिल्मको रेकर्डलाई पछाडि पारेको छ। हिन्दी भर्सनमा पहिलो दिन नै ५३ करोड ९५ लाखको सानदार ओपनिङ गरेको फिल्म दोस्रो दिन पनि कमाईमा अब्बल देखियो । दुई दिनको कमाईसँगै फिल्म सय करोडमा सामेल भएको छ ।

दोस्रो दिन शुक्रवार ४६ करोड ७९ लाखको व्यापार गर्दै फिल्मले हिन्दी भर्सनमा १ सय ७४ लाखको कमाई गर्न सफल भएको हो । फिल्मको कमाईलाई ट्रेड एनालिस्ट तरण आदर्शले ‘सुनामी’को संज्ञा दिएका छन् । सन् २०१८ मा रिलिज भएको ‘केजीएफ’ को हिन्दी भर्सनको लाइफटाइम कलेक्सन ४४ करोड ९ लाख मात्र थियो । ‘केजीएफ २’ले पहिलो दिन नै आफ्नै रेकर्ड ब्रेक गरेको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले ‘बाहुबली २’ र ‘दबंग’को व्यापारलाई पछ्याइरहेको छ । फिल्मले चार दिनमा १ सय ८४ करोडको व्यापार गर्ने उनको अनुमान छ । फिल्मले भारतमा मात्र नभइ विश्वभर सानदार कमाई गरिरहेको छ । नेपालमा मात्र फिल्मले प्रदर्शनको दुई दिनमा चार करोड छापेको जानकारीमा छ । नेपालमा ‘केजीएफ २’को गजबको क्रेज देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्