नेपाल लकडाउन : भोलिबाट घर बाहिर ननिस्कन सरकारको आदेश, सबै गाडी बन्द

काठमाडौं: सरकारले एक सातासम्मका लागि घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ। कोरोना नियन्त्रण उच्चस्तरीय समितिले नेपालभर कोरोना संक्रमण देखिन सक्ने भएकाले ११ गतेदेखि १८ गतेसम्म कुनै व्यक्ति घरबाट बाहिर ननि स्किने आदेश जारी गरेको हो। समितिले आ’न्तरिक उडानमा समेत रोक लगाएको छ भने सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ ।

यसैगरी सो समितिले अत्यावश्यक बाहेक सरकारी कर्मचारीलाई बिदासमेत दिने निर्णय गरेको छ । निजी क्षेत्रका कर्मचारीलाई पनि बिदा दिने निर्णय गरेको समितले संक्रामक रोग ऐन २०२० बमोजिम यस्तो आदेश जारी गरेको हो। कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कता’रको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

१९ वर्षकी उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनी फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी थिइन् । त्यसबेला उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन । यद्यपि उनी होम क्वारेन्टाइनमा बसे की थिइन् । तर आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्