२०७७ सालकाे दशैँ-तिहार २५ दिन पर धकेलियाे

काठमाण्डाै : २०७७ सालको दशैँ र तिहार झण्डै एक महिना पर धकेलिएको छ।नयाँ पात्रो अनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जान कारी दिनु भयो । उहाँका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ ।

यस्तै फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको उहाँले बताउनु भयो। यस्तै तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ। २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवर्द्धन तथा म्ह पूजा र भाइटीका मङ्सिर १ गते परेको गौतमले जानकारी दिनु भयो । मलमास नपरेको बेलामा दशैँ सामा न्यतया असोज पहिलो हप्ता सुरु हुन्छ ।

मलमासका कारण आउँदो वर्ष विवाहको साइत पनि घ’टेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनु भयो। उहाँका अनुसार आउँदो वर्ष विवाहको साइत १५ दिन मात्रै छ। यसैबीच नेपाल पञ्चाङ्ग निर्णायक समि तिले गृह मन्त्रालयलाई बिदा सार्वजनिक गरी क्यालेन्डर छपाइका लागि बाटो खुला गर्न आग्रह गरेको छ । टोलीले गृह मन्त्री रामबहादुर थापालाई भेटेर यस्तो आग्रह गरेको हो ।

पञ्चाङ निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए । आउँदो वर्ष विवाहको लगन करिब १५ दिन जति मात्रै छ। २०७६ सालमा करिब ३० दिन साइत परेको थियो। ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ। पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरे अनुसार घटस्थापना कार्तिक १ गते परेको छ भने विजादशमी १० गते परेको छ। तिहार कार्तिक २८ गते शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्