कोरोनाको संक्रमित थप एक जना भेटिए

काठमाडौं : नेपालमा कोरोनाको तेस्रो केस फेला परेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा रहेका एक विरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । कोरोना संक्रमण देखिए पछि एक किशोरीको टेकु मै उपचार भइरहेको छ। एकजना भने पूर्ण स्वस्थ भएर फर्किसकेका छन्। दुई जना आइसोलेसनमा अझै रहेका छन्। अहिलेसम्म नेपालमा कूल ६ सय ८७ जनामाथि कोरोनाको परीक्षण गरि सकिएको छ।

तीमध्ये ६ सय ८४ जनामा नेगेटिभ रिजल्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि सं’क्रमण देखियो । आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यस लगतै सर कारले लकडाउनको घोषणा गरेको थियो । तर बुधबार तेस्रो संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्