लकडाउन उ’ल्लंघन गर्नेमाथि मेयरले आफै सुरु गरे भाटे कारबाही !

उर्लाबारी।कोरोना भाइरस (कोभिड १९) सं’क्रमणको बढ्दो जोखिमलाई मध्येनजर गर्दै नेपाल सरकारले घोषणा गरेको लक डाउनको उ’ल्लंघन गर्ने माथि मेयर आफैँले का’रवाही थालेका छन। बुधबार उर्लाबारी नगर पालिकाका मेयर खड्ग फागो, इलाका प्रहरी कार्यालय उर्लाबारी, नगर प्रहरी सहितको टोलीले लकडाउनको उल्लंघन गर्ने माथि भाटे कारवाही सुरु गरेको हो ।

पास लिएका र अत्यावश्यक काममा हिँड्न भने छुट दिइएको छ । तर, अनावश्यक रुपमा हिँड्नेलाई भाटे कार्वाही गरिएको मेयर खड्ग फागोले बताए। कोरोना भाइरसको संक्रमण भित्रिन नदिन उर्लाबारी नगरपालिका सक्रिय पूर्वक लागि परेको उल्लेख गर्दै अनाव श्यक रुपमा नहिँड्न पटक पटक अनुरोध गर्दासमेत अटेरी गर्नेलाई भोटे कार्वाही गरिएको उनको भनाइ छ ।

उनले लकडाउनको समयमा घर बाहिर ननिस्किन उर्लाबारी बासीलाई अनुरोध गरेका छन्। का’रवाहीका क्रममा प्रहरीले दुई दर्जन बढी मोटर साइकलको चाबी नियन्त्रणमा लिएको छ भने अनावश्यक हिँड्नेलाई समेत नियन्त्रण लिई सम्झाई–बुझाई छोडिएको प्रहरीले जना एको छ । नेपालमा हालसम्म ३ जनामा कोरोना सं’क्रमण देखिएको छ भने विश्वभर १८ हजार बढीको मृ;त्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्