कोरोना भाइरस मानव जातिकै लागि ख’तरा हाे, मतभेदहरू बिर्सेर एकजुट हुनुपर्छ : राष्ट्रसंघ

एजेन्सी, १३ चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस महामारी सम्पूर्ण मानवताका लागि खतरा रहेको बताएका छन् । उनले त्यस वि’रुद्ध सम्पूर्ण मतभेदहरु बिर्सेर सबै राष्ट्र लागिपर्नुपर्ने पनि बताएका छन्। महा सचिव गुटेरेसले कोरोनाविरुद्ध देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताए । उनले कोरोना भाइरस मानवता वि’रुद्ध रहेकाले यसमाथि राजनीति गर्न नहुने समेत बताए ।

मूलतः पश्चिमा देशहरुले कोरोना भाइरसलाई लिएर राजनीति गर्न खोजेको देखिन्छ । राष्ट्रसंघले एकता बद्ध ल’डाइँको महत्त्व बताइरहँदा शक्तिशाली देशहरूमाझ भाइरसलाई लिएर म’तभेद छन् । सम्पन्न देशहरूको समूह जी सेभेनका विदेश मन्त्रीहरू माझ कोरोना भाइरसको स्रोतसम्बन्धी वक्तव्यमा राखिने वाक्यबारे मतभेद भएको बिबिसीले जनाएको छ ।

वक्तव्यमा अमेरिकाले ‘चीनको नियतवश गलत सूचना अभियान’ उल्लेख हुनुपर्ने बताए पनि अन्य कैयन् सदस्य देशहरूले भने त्यसलाई अनावश्यक विभाजनकारी भनेर अस्वीकार गरेका छन् । यससँगै आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले २ अर्ब डलर कोषको घोषणा गरेको छ । विकासोन्मुख र गरिब देशहरुमा कोरोना महामारी फैलिएमा लाखौँ मानिसले ज्यान गुमाउने अवस्था आउन सक्ने संघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्