कोरोना भाइरसको संक्रमणबाट लण्डनमा फेरि अर्का एक नेपालीको नि’धन

लण्डन : लण्डनमा फेरि अर्का एक नेपालीको कोरोना (कोभिड-१९) भाइरसको संक्रमणबाट मृ’त्यु भएको छ। गत सोमबार बिहान नि’धन भएका साउथ इस्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्याललाई कोरोना संक्रमण भएको पुष्टी भएको हो।लण्डनमै रहेका मृ’तक अर्याल नातेदार पदम कार्कीका अनुसार बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएकोे जानकारी गराएको हो।

यस अघि गतसाता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृ’त्यु भएको थियो । दुई दशक भन्दा लामो समय देखि लण्डनमा बस्दै आएका अर्याललाई यसअघि ब्लड प्रेसर बाहेक अन्य ग’म्भीर स्वास्थ्य समस्या नरहेको पारिवारिक स्रोतले बताएको खबर आजको अन्नपुर्ण पोस्टमा छ ।

केही दिनदेखि सामान्य ज्वरो र खोकी लगायतका लक्षण देखा परेका उनलाई गत शनिबार बिहान ४ बजे अकस्मात घरमै चक्कर लागेपछि अस्पताल लगिएको थियो। स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको नि’धन भए को थियो। चितवन पुख्र्यौली घर भएका मृ’तक अर्याल श्रीमती, ११ वर्षकी छोरी र ९ वर्षका छोरा सहित लण्डनमा बस्दै आएका थिए। पछिल्लो समय उनी एकाउन्टिंग फर्ममा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्