भारतमा तीन महिनासम्म ८० करोड नागरिकलाई नि:शुल्क खाद्यान्न

एजेन्सी : भारतले ८० करोड नागरिकलाई तीन महिनासम्म निशुल्क चामल, गहुँ र दाल दिने भएको छ । पाँच किलो चामल वा गहुँ मध्ये एक र एक किलो दाल तीन महिना सम्म निशुल्क दिने भारतले घोषणा गरेको हो । भारतले कोराना भाइरसको उपचारमा संलग्नलाई ५० लाख रुपैयाँको बिमाको घोषणा गरेको छ ।

प्रधानमन्त्री गरीब कल्याण योजना अन्तर्गत भारतले यस्तो घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै, भारतले ८ करोड ६९ लाख किसानका लागि अप्रिल पहिलो हप्ता दुई हजार रुपैयाँ दिने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर उनले प्रधान मन्त्री गरीब कल्यण योजना सुरु भएको घोषणा गरेकी छन् ।

भारतमा बुधबारदेखि लागु हुने गरेर २१ दिनको लकडाउनको घोषणा गरिएको छ । उनले २१ दिनको लकडाउनको समयमा कुनैपनि व्यक्ति भोको नरहने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन। यस्तै उज्जवला योजना अन्गर्त ८ करोड महिलालाई ३ महिनासम्म खाना पकाउने ग्यास निशुल्क दिने घोषणा भारत सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्