लक डाउनमा नक्कली बिरामी बोक्ने चालक र एम्बुलेन्स प्रहरीको फन्दामा

बिर्तामोड । कोरोना (कोभिड १९) बि’रुद्ध ल’डनको लागि नागरिकहरु सेल्फ क्यारेन्टायनमा बसरी रहेको वेला लक डाउनको बेवास्ता गर्दै नक्कली विरामी बोक्ने चालक र एम्बुलेन्स प्रहरीको फन्दामा परेको छ । बिराटनगरबाट भद्रपुर पुगेर नक्कली बिरामी ल्याएको आरोपमा झापाको झिलझिले प्रहरीले को २ च १२६६ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय झिल झिलेका प्रहरी निरीक्षक कोमल ठाकुरका अनुसार एम्बुलेन्स चालक कटहरी बस्ने अजय सरदारलाई पनि निय’न्त्रणमा लिएको छ । बिराटनगर स्थित परिवर्तन समाज कल्याण ट्रष्टको उक्त ए’म्बुलेन्स भारत सरकारले दिएको हो । चालक सरदारले बिरामी को नाटक गरेर यात्रुले आफुलाई झुक्याएको बताए ।

एम्बुलेन्स संचालक दुलाल शाहले बिरामी लिएर आफैले चालकलाई बिहीबार बिहान भद्रपुर पठाएको तर फर्कदाको अवस्था आफुलाई थाहाँ नभएको बताएका छन ।भद्रपुरबाट फर्कदा नक्कली बिरामी सहित ५जना यात्रु बोकेर बिराटनगर जाने क्रममा एमुलेन्स सहित चालक प्रहरीको नियन्त्रणमा परेका हुन । प्रहरीले नियन्त्रणमा लिएको एम्बुलेन्स र सो का चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

प्रहरीले विरामीको कागजात माग्ने क्रममा यात्रु मध्येका एक जना किशोरलाई अन्य यात्रुले हत्तपत्त सुताएको थाहाँ पाएपछी उनिहरु नक्कली बिरामी हुन भन्ने बुझिएको प्रहरी निरीक्षक ठाकुरले जानकारी दिएका छन । एम्बुलेन्समा एकै परिवारका सदस्य थिए । उनिहरु भद्रपुर स्थित ससुराल बाट बिराटनगर स्थित घर जादै थिए । प्रहरीका अनुसार चालकले बिराटनगर सम्मको भाडा ९ हजारमा बन्दोबस्त गरेको बुझिएको छ । भद्रपुरबाट विराटनगरको एम्बुलेन्स भाडा ४३ सय मात्र हो ।

प्रतिक्रिया दिनुहोस्