दक्षिण कोरियाकी ९६ वर्षीया वृद्धाले जितिन् कोरोना भाइरसलाई !

सिओल।दक्षिण कोरियामा नोभेल कोरोना संक्रमण लागेकी ९६ वर्षीय वृद्धालाई उपचारपछि पूर्ण सञ्‍चो भएको छ। दक्षिण कोरियाकी सबभन्दा बढी उमेरकी चेङ्दो काउन्टी भनिने मिस ह्वाङलाई बुधबार कोरोना पूर्णरुपमा निको भएको घोषणा गरिएको हो । अहिले उनी घरमै छोरासँग सेल्फ क्वारेन्टाइनमा बसिरहेकी छन् ।

दक्षिण कोरियाको दक्षिणी सहर देगुमा बस्‍ने ती महिलालाई मार्च १३ मा कोरोना लागेको पुष्टि गरिएको थियो । देगु दक्षिण कोरियाको सब भन्दा बढी कोरोना प्रभावित क्षेत्र हो । उनको पोहाङ पब्लिक क्लिनिकमा आई सीयूमा राखेर उपचार गरिएको थियो । अहिले उनलाई उनकै घरमा सेल्फ-क्‍वारेन्टाइमा राखिएको छ ।

७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई बढी जोखिम हुने नोभेल कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेमा अधिकांश बढी उमेरका मानिसहरु रहेका छन् । तर, दक्षिण कोरियामा भने कोरोना सफल उपचार गरिएको र कोरोना नियन्त्रणमा महत्वपूर्ण सफलता हात पारेको छ । – सीएनएन

प्रतिक्रिया दिनुहोस्