धनगढीमा भेटिए कोरोना संक्रमित चौथो बिरामी

काठमाडौं – नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो । उनको धनगढी स्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

उनका अनुसार ती व्यक्ति चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। दुबईबाट आएका उनी ३४ वर्षका छन्। उनको अवस्था खतरामुक्त रहेको डा देवकोटाले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले साँझ आकष्मिक ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो। हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार आएको रिपोर्टमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनका अनुसार काठमाडौं उपत्यका बाहिर देखिएको यो पहिलो केश हो। ती व्यक्ति धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। उनी दुबईबाट आएका हुन्। उनी चैत ११ गते अस्पताल भर्ना भएका हुन्।

प्रतिक्रिया दिनुहोस्