बेलायती स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण

लन्डन । बेलायतका स्वास्थ्य मन्त्री म्याट हानककलाई पनि नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण भएको पुष्टि गरिएको छ । उनलाई शुक्रबार कोरोना भाइरसको संक्रमण भएको ट्वि’टर मार्फत जानकारी गराएका हुन् । उनले आफूलाई सामान्य लक्षणहरु देखिएको जाँच गराउँदा कोरोना पोजेटिभ पुष्टि भएपछि घरमै सेल्फ-आइसोलेसनमारहेको जानकारी गराएका छन् ।

करिब दुई घण्टा अघि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको जोन्सनले ट्विटर मार्फत जानकारी गराएका थिए । यस अघि बेलायती राजकुमार चार्ल्सलाई पनि नोभेल कोरोना भाइरस भएको पुष्टि गरिएको थियो । बेलायतमा हालसम्म १४ हजार ५७९ कोरोना संक्रमित देखिएका छन् भने ७५९ को मृ’त्यु भएको छ ।

यसअघि शुक्रबार नै प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई संक्रमण देखिएको जानकारी दिएका थिए। ह्यानककमा सामान्य लक्षण देखिएको उनले बताएका छन्। उनी घरमै आइसोलेसनमा बसेका छन्। ‘मलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ। लक्षण हलुका देखिएको छ। र, म घरबाटै आइसोलेसनमा बसेर काम गरिरहेको छु,’ उनले भनेका छन्। -रोयटर्स

प्रतिक्रिया दिनुहोस्