सरकारले कोरोनाबारे जानकारी दिने नयाँ वेब पोर्टल आजदेखि सञ्चालनमा

काठमाडाैँ, १५ चैत । सरकारले कोरोना भाइरस (काेभिड-१९)बारे जानकारी दिने नयाँ वेब पोर्टल एप्लिकेशन शनिबार (आज)देखि सञ्चालनमा ल्याएकाे छ । सरकारले कोभिड-१९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबार देखि ‘डाँफे हेल्थ डटकम’ सञ्चालनमा ल्याएको हाे ।

कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचनाहरु उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जान कारी दिएकाे छ । स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा. खेम बहादुर कार्कीले शनि बार देखि डाँफे हेल्थ डट कम सञ्चालनमा आउने बताए । शुक्रबार एक पत्रकार सम्मेलन गर्दै उनले भने, ‘सूचना र ज्ञान-सीप आदानप्रदान गर्नका लागि डेडिकेटेड वेब पोर्टल तयार पारिसकेका छौं ।

शनिबारदेखि यो लर्निङ पोर्टल पूर्ण रुपमा सञ्चालनमा आउँछ।’ डाँफे हेल्थ डटकम बाट डाक्टर, स्वास्थय कर्मी तथा स्वास्थ्य क्षेत्रमा आबद्ध धेरै व्यक्तिहरुको कोभिड-१९ का बारेमा उत्पन्न जिज्ञासा तथा समस्या समधानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको छ। ‘विश्व स्वास्थ्य संगठनले जसरी कोभिडको विषयमा जानकारीहरु ल्याइरहेको छ ।

यसैगरी सरकारले यस वेवसाइट मार्फत कोभिड नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरुको ज्ञान र सिप आदनप्रादन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने छ’ उनले भने । आइमार्क डिजिटल सँगको सहकार्यमा सञ्चालनमा ल्याउन लागिएको लर्निङ पोर्टल मार्फत सर कारले डक्टर तथा हेल्थ वकर्सहरुलाई अनलाइन ट्रेनिङको व्यवस्था समेत गर्ने जनाएको छ ।

डाँफे हेल्थ डकटकम लग इन गरेपछि कोभिड-१९मा क्लिक गरेर डाइरेक्ट लगइनमा क्लिक गरी युजर आईडी तथा पासवर्ड बिना लगइन गर्न सकिने आईमार्क डिजिटलका अध्यक्ष राम प्रसाद ढुङ्गानाले बताए। उनका अनुसार लर्निङ पोर्टलबाट सर्व साधारणका साथै स्वाथ्यर्कीहरुले पाउने सूचना तथा जानकारीहरु प्रमाणित सूचना मात्र हुने बताए । पोर्टल लञ्च गर्न सबै तयारी पुरा भएको बताएका शुक्रबारबाटै पोर्टल लाइभ हुने बताए ।

प्रतिक्रिया दिनुहोस्