नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा चिप्लियो

नेपालगञ्ज १५ चैत । काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घ’टनाबाट जोगिएको छ । विहान ११ बजेर ३२ मिनट जाँदा राँझा विमानस्थलमा अवतरण गरेको विमान रनवेबाट चिप्लिएर विमानस्थलको खाली चउरसम्म पुगेको थियो ।

तर, विमानमा रहेका सबै ५ जना सकुशल रहेको नेपालगञ्ज विमानस्थलले जानकारी दिएको छ । नेपाल एयरलाइन्सको अल्फा एकेभी वाई टु कलसाईन भएको विमान चिप्लिएको हो । विमानबारे थप जानकारी भने आउन बाँकी रहेको नेपालगञ्जस्थित टिभी जर्नलिष्ट कृष्ण खनालले जनाएका छन् । ‘ल्यान्ड गर्दा धावनमार्ग भन्दा अलिकति अगाडि गयो, तर, जहाज रोकिइसकेका कारण कुनै दु’र्घटना भएन’ उनले भने ।

घ’टनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ । अब नेपालगञ्जमा कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन अर्को विमान जानेछ। ‘हामी १ बजेतिर काठमाडौंबाट ट्वीनअर्टर जहाज पठाउदैछौं, त्यो जहाजले दुई डाक्टर, क्याबिन क्रु लिएर आउँछ, नमुना पनि ल्याउँछ, के भएर दु’र्घटना भयो भन्ने बरे छानबिन गर्छौ’ दिपु ज्वार्चनले भने ।

प्रतिक्रिया दिनुहोस्