अक्षय कुमारले कोरोना वि’रुद्धको ल’डाइँमा २५ करोड भारु दिने घोषणा

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस रोकथामका लागि ‘पीएम केयर फन्ड’ स्थापना गरे लगत्तै एक बलिउड अभिनेताले सहयोगको घोषणा गरेका छन्। मोदीले शनिबार ट्वीट गर्दै भनेका छन्, ‘यो कोष कोरोना जस्ता विषम परिस्थितिमा सहयोग चाहिएकाहरु सम्म मद्दत पुर्याउने माध्यम बन्नेछ।’

उनले उक्त कोषमा सहयोग गर्न आह्वान गरेका थिए। लगत्तै बलिउड अभिनेता अक्षयकुमारले २५ करोड भारु (४० करोड नेपाली रुपैयाँ) सहयोग गर्ने घोषणा गरेका हुन्। ‘यो बेला मानव जीवन महत्त्वपूर्ण छ। हामीले हरसम्भव योगदान गर्नुपर्छ । मलाई २५ करोड रुपैयाँ कोषमा दान गरेकोमा खुसी लागेको छ।’

अक्षय कुमारले ट्विट गर्दै प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु दिने घोषणा गरेका छन् । कोरोना विश्वभर फैलिरहेको छ । बढ्दो जो’खिमलाई मध्यनजर गर्दै भारतीय सरकारले २१ दिनको लागि राष्ट्र लकडाउन गरेको छ । रोना विरुद्धको लडाइँको लागि कला कारहरुका साथै खेलाडीहरुले पनि सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्