छोरीको बि’मा गराउनेलाई निःशुल्क इन्टरनेट

जनकपुरधाम । प्रदेश २ मा छोरीको बिमा गराउने अभिभावकले तीन महिनासम्म निःशुल्क इन्टरनेट पाउने भएका छन् । प्रदेश सरकारले छोरीको बिमा गराउने अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट प्रदान गर्ने घोषणा गरेको हो । प्रदेश २ सरकारले शुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत छोरीहरुको शिक्षा बिमा गराउने काम पनि शुरुवात गरेको छ ।

२०७५ साल माघयता जन्मिएका हरेक छोरीको बिमा गराउने बताएको प्रदेश सरकारले ती बालिकाको अभिभावकलाई इन्टरनेट पनि दिने जनाएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सुबिसु केबल नेट प्रालिबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बिमा गराउने छोरीका अभिभावकले तीन महिनासम्म निःशुःल्क इन्टरनेट पाउने भएका हुन् ।

छोरीहरुको शिक्षा बिमा अभियानलाई सफल बनाउन सुबिसु केबल नेट प्रालिमार्फत् ती बालिकाका अभिभावकलाई तीन महिनासम्म १५ एमबीपीएस गतिको इन्टरनेट दिइने गरी प्रदेश सरकारले बुधबार सम्झौता गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा सुविसुका आयोजना प्रमुख सुवास अधिकारीबीच यो सम्झौता भएको छ ।

छोरीको बिमा गराएकै मितिदेखि तिनका अभिभावकलाई तीन महिनासम्मका लागि इन्टरनेट सेवा उपलब्ध गराउने सहमति भएको अधिकारीले बताए। प्रदेश सरकारले छोरीको बिमा गराउने अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट प्रदान गर्ने घोषणा गरेको हो । प्रदेश २ सरकारले शुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत छोरीहरुको शिक्षा बिमा गराउने काम पनि शुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्