केटीएम मोटरसाइकलको नौलो अफर ‘एउटाले किन्दा अर्कोलाई समेत फाइदा’

काठमाडौं । केटीएक मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक हशंराज हुलासचन्द एण्ड कम्पनीले ‘रेफर’ अफर ल्याएको छ । यो योजना अन्तर्गत कुनै पनि केटीएम मोटरसाइकल धनिले आफ्ना साथिहरुलाई केटी एमका मोटर साइकल किन्न रेफर गरे बापत दुबै जनाले आर्कषक अफर जित्ने छन् ।

रेफर गर्नेले आफ्नो डूक बाइकको सर्भिसिङमा एक बर्षसम्म १० प्रतिशत छुट प्राप्त गर्नेछ । यस्तै रेफर मार्फत मोटर साइकल किन्नेले ९ हजार ९०० नगद छुट प्राप्त गर्ने छन् । यो योजना केही समयको लागि मात्र ल्याइएको कम्पनीले जानकारी दिएको छ । उक्त योजना केटीएम मोटरसाइकलको नेपालभर रहेको आधिकारीक शोरुममा लागु हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले केटीएम डूक १२५, डूक २००, डूक २५०, डूक ३९०, केटीएम आरसी २००, आरसी ३९० जस्ता मोटरसाइकल नेपाली बजारमा बिक्री गर्दै आएको छ । कम्पनीले डूक १२५ को मूल्य ४ लाख ४९ हजार ९ सय, डूक २००÷२०० एबीएसको मूल्य ४ लाख ९९ हजार ९ सय र ५ लाख २४ हजार ९ सय तोकेको छ । त्यसैगरी डूक २५० र २५० एबीएसको मूल्य क्रमश ५ लाख ८९ हजार ९ सय र ६ लाख ३९ हजार ९ सय रुपैयाँ रहेको छ ।

कम्पनलिे बिक्री गर्दै आएको सबै भन्दा म’हंगो मोडल डूक ३९० को मूल्य ८ लाख २९ हजार ९ सय रहेको छ । त्यस्तै केटीएम आरसी २०० को मूल्य ५ लाख ८४ हजार ९ सय र केटीएम आर सी ३९० को मूल्य ८ लाख १९ हजार ९ सय रुपैयाँमा रहेको छ । यो योजना अन्तर्गत कुनै पनि केटीएम मोटरसाइकल धनिले आफ्ना साथिहरुलाई केटी एमका मोटर साइकल किन्न रेफर गरे बापत दुबै जनाले आर्कषक अफर जित्ने छन् ।

प्रतिक्रिया दिनुहोस्