पशुपति आर्यघाटमा गरिब असहायको निःशुल्क श’व जलाइने

काठमाडौं:पशुपति क्षेत्र विकास कोषले गरिब र असहायलाई निःशुल्क श;व जला’उन दिने भएको छ। कोषले मुलुक लकडाउन भएको अवस्थामा कसैले पनि असुविधामा पर्नु नपरोस् भनेर यस्तो सुविधा दिने जनाएको हो। काठमाडौं नक्साल बसेर ज्यालादारी गर्दै आएकी भक्तपुरकी २७ वर्षीया रिना श्रेष्ठ पतिको मृ;त्युपछि पशुपतिस्थित विद्युतीय श;वदाह गृह पुग्दा रकम अभावमा समस्यामा परेको समाचार सार्वजनिक भएपछि कोषले यस्तो निर्णय गरेको हो।

‘कोषले नियम अनुसार यसअघि पनि गरिब र असहायलाई निःशुल्क गर्दै आएको छ’ कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले भने, ‘विद्युतीय श;वदाह गृहमा शनिबार भएको घटनामा कागजी प्रक्रियामा केही अस्पष्टता भएर हो, कोषले यस्तो अवस्थामा नियम बमोजिम सबैलाई निशुल्क गर्छ।’

उनका अनुसार, नियममा सम्बन्धित नगरपालिकाको हकमा वडा कार्यालय वा गाउँ पालिकाले सिफारिस गरेको सन्दर्भमा काग जातका आधारमा निःशुल्क श;व जला’उने सुविधा दिँदै आएको छ । ‘अन्यथा के आधारमा कसरी दिने ? संभवत शनिबार त्यस्तै भएको हुनुपर्छ’, थापाले भने, ‘तर, मुलुक नै लकडाउन भएकाले अवस्था विचार गरेर सुविधा दिन्छौं। सबै कुरा खोज्ने कुरै भएन।’

प्रतिक्रिया दिनुहोस्