१७ हजार मान्छे मा’रेर आएको होइन, पाँच हजारको मात्र जिम्मा लिन्छु : प्रचण्ड

काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयु’द्धको क्रममा मा’रिएका मध्ये ५ हजारको मात्रै आफूले जिम्मा लिने बताउनु भएको छ। माघीको अवसरमा टुँडिखेलमा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो । धेरैले अहिले पनि १० वर्षे जनयु’द्धको क्रममा १७ हजार मा’रेर आएको भनेर गलत तथ्याङ्क भन्ने गरेको बताउँदै दाहालले १२ हजार सा’मन्ती राजाहरुले मारेको बताउनु भयो ।

‘म तथ्याङ्क मात्रै सच्याउन चाहन्छु । मलाई अहिले पनि १७ हजार मा’रेर आएको भनेर भन्ने गरिन्छ । यो सत्य होइन । सत्य के हो भने हिजोका सामन्ती राजाहरुले १२ हजार मा’रेका हुन् । मलाइ ५ हजारको जिम्मा दिनु हुन्छ भने म लिन्छु’, उहाँले भन्नुभयो, ‘तर राजाहरुले मा’रेको १२ हजारको चाहिँ कुरा नहुने ? राज्यले मा’रेको पनि मेरै टाउको हाल्ने गरियो भने यो न्याय हुँदैन ।’

अध्यक्ष दाहालले प्रहरी हिरासतमा रहेका सांसद रेशम चौधरी छिट्टै जे’लबाट छुट्ने आश्वासन समेत दिनु भएको छ । सम्बोधनका क्रममा दाहालले रेशम मात्रै नभएर जन यु’द्धका क्रमका धेरै मान्छेहरु जे’लमा रहेको र सबैलाई छोड्न पहल भइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘टीकापुर घटनाको सन्दर्भमा झु’टा मु’द्धा खारेज गर्नुपर्छ भनेर पार्टी र सरकारसँग बहस भइरहेको छ । केही साथीहरु छुटेका छन् ।

रेशम लगायतका साथीहरु छुट्न बाँकी छन् छुटाइन्छ, हेर्नुहोला केही समय भित्रै यसको परिणाम निस्किन्छ ।’ उहाँले थारु मात्रै नभएर पहाडी समुदायका बाहुन क्षेत्री समेत जेलमा रहेको बताउनु भएको छ । दाहालले मोरङ बाट सेनाभित्र वि’द्रोह गरेर जनमुक्ति गएका व्यक्तिलाई पनि समातेर जे’लमा हलिएको बताउनु भयो । अध्यक्ष दाहालले प्रधान मन्त्रीको हैसियत रेशम चौधरी लाई दिल्लीमा भेट्ने पहिलो व्यक्ति आफू भएको पनि बताउनु भएको छ । दाहालले चौधरीलाई सांसदको शपथ खुवाउनका लागि सभामुख देखि सरकार सम्मलाई आफूले कुरा राखेको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्