आजको राशिफल : वि.सं.२०७६ साल चैत १९ गते, बुधबार

ज्योतिषि गणेश काफ्ले । वि.सं.२०७६ साल चैत्र १९ गते । बुधबार । ईश्वी सन् २०२० अप्रिल ०१ तारिख । नेपाल संवत् ११४० । परि धावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र शुक्लपक्ष । तिथि– अष्टमी, ४० घडी ५० पला,बेलुकी १० बजेर १६ मिनेट उप्रान्त नवमी । नक्षत्र– आद्रा,२२ घडी ०३ पला,दिउसो ०२ बजेर ४६ मिनेट उप्रान्त पुनर्वसु ।

योग– शोभन,१६ घडी ५८ पला,दिउसो १२ बजेर ४४ मिनेट उप्रान्त अतिगण्ड । करण– भद्रा,बिहान १० बजेर ३७ मिनेट उप्रान्त बव,बेलुकी १० बजेर १६ मिनेट उप्रान्त बालव । आनन्दादिमा –मुसल योग । चन्द्रराशि –मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २० मिनेट । दिनमान ३१ घडी ०० पला ।

मेष : छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरु सुदृढ भएर जाने छन् । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउने छ । सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरू परास्त हुनेछन । तरपनि भिडभाडमा नजाने, बेला बेलामा साबुन पानीले हात धुने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृष : परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ । तरपनि भिडभाडमा नजाने, बेला बेलामा साबुन पानीले हात धुने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

मिथुन : कलात्मक तथा रचनात्मक काम सुरु गरि भविष्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ। राजनीति कर्मीहरुका लागि समय फलदायि रहेकोले पद प्राप्तीको गतिलो योग रहेकोछ। विद्यार्थीहरुले घरमै बसेर अध्ययन गर्नाले खोज मुलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडिहरुका लागि समय उत्तम रहेकोछ । तरपनि भिडभाडमा नजाने, बेला बेलामा साबुन पानीले हात धुने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

कर्कट : अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेशसँग सम्बन्धित कामहरु रोकिन सक्छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समय देखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नु होला समय मध्ययम रहेकोछ । तरपनि भिडभाडमा नजाने, बेला बेलामा साबुन पानीले हात धुने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

सिंह : बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित कारोबारहरुमा मन्दि आउनेछ छ। तरल पदार्थ तथा खानेकुराको व्यापार व्यवसाय फस्टाएर जानेछ। प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ । तरपनि भिडभाडमा नजाने, बेला बेलामा साबुन पानीले हात धुने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

कन्या : इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमो सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ। साथीभाईहरुको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा मान–सम्मान आदि पाइने समय छ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला । तरपनि भिडभाडमा नजाने, बेला बेलामा साबुन पानीले हात धुने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

तुला : नसोचेको उपलब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइने हुनाले असजिला कामहरु सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । तरपनि भिडभाडमा नजाने, बेला बेलामा साबुन पानीले हात धुने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृश्चिक : खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। समय र नियमलाई बेवास्ता गर्दा चु’नौती आइ लाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ । छर– छिमेकमा पनि असमझदारी बढ्न सक्छ । तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। तरपनि भिडभाडमा नजाने, बेला बेलामा साबुन पानीले हात धुने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु : बिभिन्न मनमोहक दृष्यहरु मन मुटुमा कैद गर्न सकिनेछ । घर परिवारका सबैजना सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसी रहनेछन् । तरपनि भिडभाडमा नजाने, बेला बेलामा साबुन पानीले हात धुने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर : पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुने छ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिने छ । तपाईसँग मन मुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । तरपनि भिडभाडमा नजाने, बेला बेलामा साबुन पानीले हात धुने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ : आफन्त तथा सन्तानबाट तपाईको काममा विशेष सहयोग प्राप्त हुने छ । बौद्धिकताको प्रयोग गरि नाम तथा दाम कमाउन सकिने छ । नयाँ विचार दिमागमा आउने हुनाले प्रबृधिको प्रयोग गरि व्यावहारमा रुपान्तरण गर्न सकिने छ । प्रेममा सफलता मिल्नेछ । पढाईकै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ । तरपनि भिडभाडमा नजाने, बेला बेलामा साबुन पानीले हात धुने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन : सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घट्ना घट्न सक्छ । राजनीति तथा समाज सेवामा तपाईको प्रभाव कमजोर भएर जाने छ । व्यापार व्यवासायमा लगानी गरेपनि आम्दानी कम हुने हुदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनु होला । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ध्यान दिनु होला । प्रेममा सामान्य विवाद बढ्ने छ । तरपनि भिडभाडमा नजाने, बेला बेलामा साबुन पानीले हात धुने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला । तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्