आज चैते दशैँ, देशभरिका शक्तिपीठ खाली

काठमाण्डौ – आज (बुधबार) चैते दशैँ परेको छ । तर को;रोना रोकथाम तथा नियन्त्रणको लागि ‘लकडाउन’ घोषणा गरिएकाले विभिन्न शक्ति पीठहरु खाली छ । असुर शक्तिमाथि दैवी श’क्तिको विजय तथा असत्य माथि सत्यको जितको रुपमा मनाइने पर्व दशैँ वर्षमा दुई पटक मनाउने गरिन्छ ।

असोजमा मनाइने दशैँलाई वडादशैँको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैँ मनाइन्छ। वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ। विगत वर्षमा चैते दशैँ पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्ति पीठमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष को;रोना भाइरसको स’ङ्क्रमणबाट बच्न सरकारले देशभर लकडाउन गरेकाले घरबाटै मानसिकरुपमा दर्शन गर्न सकिने ध’र्म शास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

“वेदमा ‘सर्वतः आत्मानम्ं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले हाफ्नो शरीरको रक्षा गर भन्ने वचन रहेकाले म’हामारीको स’ङ्क्रमणबाट बच्न घरमै पू’जा आराधनाका काम गर्न सकिन्छ”–उनले भने । बडादशैँ जस्तै चैते दशैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनका लागि हो ।

बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । यस वर्ष कोरोना भाइरसको सन्त्रासले जारी लक डाउनका कारण परिवारका सदस्यलाई एकै ठाउँमा जुटाइ दिएको छ । आफन्तजनका जान भने सकिने अवस्था छैन । यसैले घरमै रमाइलो गरी चैते दशैँ मनाउने अवसर भने जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्