स्वास्थ्य सामग्री लिएर कर्णालीका मुख्यमन्त्री हुम्ला पुगे

हुम्ला, १९ चैत । संघीय सरकारले पठाएका स्वास्थ्य सामग्री लिएर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही हुम्ला पुगेका छन् । जिल्ला अस्पताल हुम्लालाई नेपाल सरकारले पठाएको को;रोना संक्रमणका लागि चेकजाँच गर्ने उपकरण पुर्याउन मंगलबार मुख्यमन्त्री शाहीसहित सामाजिक विकास मन्त्री दल रावल हुम्ला सदरमुकाम सिमकोट पुगेका हुन् ।

कर्णाली प्रदेश सरकारले कर्णालीका हिमाली जिल्लाहरु मुगु, हुम्ला र डोल्पामा कोरोना सं’क्रमण विरु’द्ध चेकजाँचका लागि प्रयोग हुने उपकरणहरु हेलिकोप्टरमा ढुवानी गरी पुर्याएको छ । विश्वभरि माहामारीका रुपमा फै’लिएको को;रोना भाइरसको संक्रमण भएका हरुलाई चिकित्सकहरुले चेकजाँचका लागि प्रयोग गर्ने चीनबाट प्राप्त भएका उपकरणहरु प्रदेश सरकारलाई प्राप्त भएको चौबीस घण्टा नबित्दै सुर्खेतमा पुगेलगत्तै प्रदेश सरकारले पहिलो लटमा कर्णाली प्रदेशका हिमाली जिल्लामा पुर्याएको हो ।

यसरी हिमाली जिल्लामा प्रदेश सरकारले हेलीकोप्टर मार्फत पठाएको पहिलो पटक हो । मंगलबार हेलिकोप्टरबाट ढुवानी भएर आएका सामानहरुमा थर्मोगन, पिपिई, सर्जिकल मास्क, ग्लोभ्ज, पिपिई चस्मा, एन नाइन्टिन मास्क, स्प्रिटलगायत अठार किसिमका उप करण तथा औषधी र फारमहरु रहेको सामाजिक विकास मन्त्री दल रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्