टोलटोलमा १० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्दै साल्ट ट्रेडिङ

काठमाण्डौ – साल्ट ट्रडिङ कर्पोरेशनले टोल टोलमा खाद्यान्न बिक्री भइरहेको जनाएको छ । हरेक दिन जसो मोबाइल भ्यानमार्फत टोल टोलमा खाद्यान्न बिक्री भइरहेको कर्पोरेशनले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री हुने खाद्यान्नमा १० प्रतिशत छुट दिने सरकारको निर्णय अनुसार छुटमै खाद्यान्न बिक्री भइरहेको कर्पोरेशनले जनाएको छ ।

बुधबार काठमाण्डौ उपत्यकाका सामाखुसी चोक, गोङ्गबु, टोखा, झोर टोखा, नयाँबजार, बालाजु, बालाजु रिङरोड, कुपण्डोल, सानेपा, सिनाम, पाटन लगायतका क्षेत्रहरुमा चामल, नुन, चिनी, आटा,मैदा लगायतका खाद्यान्न बिक्री हुने कर्पोरेशनले जनाएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकाका विभिन्न ६ स्थानमा रहेका बिक्रीकक्षबाट खाद्यान्न सामाग्री उपलब्ध गराउँदै आएका छन्। लकडाउनपछि खाद्य व्यवस्थाले २ दर्जन र साल्ट ट्रेडिङले ४ वटा मोबाइल भ्यानमार्फत ग्राहकको घर घरमै पुगेर पनि दैनिक उपभोग्य वस्तु बिक्री वितरण गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्