साउदी राजाद्वारा सवै विदेशीको निःशुल्क उपचार गर्न आदेश

मुकुन्द गैरे, काठमाडौं । साउदी अरबका राजाले त्यहाँ ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही को;रोनाको लक्षण देखिएका विदेशी नागरिक हरुको निःशुल्क उपचार गर्ने आदेश दिनुभएको छ । साउदीमा रहेको नेपाली राज दूतावासले हिजो सोमवार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

साउदी अरबका दुई पवित्र म’स्जि’दहरुका संरक्षक साउदी राजा सलमानले साउदी अरबमा ओभरस्टे भएका लगायत सबैलाई को;रोना संक्रमण सँग सम्बन्धित उपचार निःशुल्क गर्न आदेश जारी गर्नु भएको दूतावासले जानकारी दिएको हो । यो आदेशबाट साउदी अरबमा भिषा कानून उ’ल्लंघन गरी बसेका नागरिकहरुले समेत फाइदा लिन सक्नेछन् ।

साउदी राजाको आदेशसँगै साउदीका स्वास्थ्य मन्त्रीले को;रोना भा’इरसको सं’क्रमणसँग मिल्दो जुल्दो लक्षण देखिएका सबैले अस्पताल गएर परीक्षण गराउन सकिने बताउनु भएको छ । सोमबार साउदीले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा को;रोना भाइरसबाट सं’क्रमितको संख्या १४५३ पुगेको छ । सोमबार थप १५४ जनामा सं’क्रमण भएको छ ।

कुल संक्रमितहरु मध्ये हालसम्म ११५ जना निको भएका छन् र ८ जनाको संक्रमणबाट नि’धन भएको छ । प्राप्त जानकारी अनुसार हिजो सम्म नेपालीहरूमा संक्रमण छैन । राहदानी नवीकरण गर्ने आवेदन भर्न राजदूतावास आउनका लागि साउदीका विभिन्न स्थान मा रहेका केही नेपालीहरुले दैनिक जसो फोन गरिरहेको पनि दूतावासले बताएको छ ।

राहदानीको म्याद ८–९ महिना भन्दा बढी भएका र राहदानीमा पेज बाँकी भएका नेपालीहरुले राहदानी नवीकरणका लागि हतार गर्नु आवश्यक नरहेको दूतावासले जानकारी दिएकोे छ । को;रोना भाइरसका कारण सिर्जना भएको हालको अवस्था सामान्य भए पछि नेपाली राजदूतावासले राहदानी आवेदनमा सहजहुने गरी व्यवस्था गर्ने पनि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्