भोकभोकै म’र्नु पर्ने अवस्था छैन

प्युठान : विश्वव्यापी रुपमा फौलिएको को;रोना भाइरस कोभिड– १९ का कारण यतिबेला मुलुक नै लकडाउनमा छ। लकडाउन भएपछि प्यूठान जिल्लामा खाद्य बस्तुहरु आयात ठप्प छ। आयात ठप्प हुनुका साथै जिल्ला बाहिर रहेका अधि कांश व्यक्तिहरु गाउँघधर फर्किएपछि खपत बढि रहेको छ । मुलुक लकडाउन भएको पाँचौ दिन बित्न लाग्दा जिल्लामा खाद्यबस्तु घट्दै गएको अनुमान लगाउन सकिन्छ ।

बजार क्षेत्रका ठूला गोदामहरु र गाउँ–गाउँमा रहेका किराना पसल सबै यतिबेला बन्द छन् । साँझको समयमा एकैछिन पसल खुल्ला राखेतापनि दिनभर उकडाउनको मै बस्छन् व्यापारीहरु । प्यूठान उद्योग बाणिज्य संघको मातहतमा रहेका नौ वटै स्थानीय तहका १३ सय व्यापारहरुले खाद्यबस्तु तथा किराना सामाग्री गाउँ–गाँउमा विक्रीवितरण गर्दै आएको प्यूठान उद्योग वाणिज्य संघ प्यूठानका अध्यक्ष केदारमान कक्षपतिले बताए ।

‘जिल्लामा डेढ महिनालाई पुग्ने खाद्य बस्तु छ ।’ अध्यक्ष कक्षपतिले भने–‘हाल बजारका व्यापारिसंग खाद्यान्न स्टक नरहेपनि गाउँ गाउँमा एकै घरमा ३–४ बोरा चामल सम्म स्कट राखेका छन्, यसकारण जिल्लामा तत्काल खाद्य बस्तु अभाव हुने चिन्ता छैन ।’ गाउँ –गाउँमा लोकल मदिरा उत्पादनलाई अनिवार्य रोक लगाउन सकेको खण्डमा तत्काल खाद्यन्न अभाव हुने सम्भावन नरहको व्यवसायीहरु बताउछन्। गाउँ तथा बजार क्षेत्रमा गहुँ भित्र्याउँने समय भएकोले पनि डेढ महिना सम्म प्यूठानबासी जनता खान नपाएर म’र्नु नपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्