गरीव मजदूरहरुको राहतका लागि जु’ट्न गोकर्ण बिष्टको आग्रह

गुल्मी, १९ चैत। गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा पूर्व मन्त्री गोकर्ण बिष्टले को;रोना भाईरसको जो’खिम बढ्न नदिन सरकारले गरेको लकडाउनको सबैले पूर्ण रुपमा पालना गर्नु पर्ने बताउनु भएको छ। उहाँले लकडाउनको कारण दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउँदै आएका गरीव मजदूरहरुको चुल्हो बल्न छाडेकोले तीन तहको सरकारले अविलम्व ती बर्गलाई राहत उपलब्ध गराउनु पर्ने माग पनि गर्नु भएको छ ।

‘मैले केन्द्रमा पनि सरकारसंग सुरुमै ग’रीब मजदूर हरुको राहतका लागि माग गर्दै आएको थिएँ, सरकारले पनि राहत वितरण गर्ने भनेको छ तर ब्यबहार मै तत्काल राहत वितरण गरिनु पर्दछ, प्रदेश सरकार र स्थानीय सरकार पनि गरीव मजदूर हरुलाई राहत वितरण गर्नका लागि एक जुट हुन म आग्रह गर्दछुृ’–नेता बिष्टले भन्नु भयो ।

नेता बिष्टले को;रोना भाईरसको विपद् नेपालीहरुका लागि ईतिहास कै म’हाविपद् बनेको बताउँदै सारा नेपालीहरु सुरक्षित भई यस्को डटेर सामना गर्नु पर्ने धारणा पनि राख्नु भएको छ । बिष्टले को;रोना भाईरसको जोखिम बढ्न नदिन सरकारले गरेको लकडाउन को सबैले पूर्ण रुपमा पालना गर्नु पर्ने बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्