रोकिराखेको ट्याक्सीमा आ’गजनी

मुस्ताङ, १९ चैत। मुस्ताङको थासाङ गाउँ पालिका २ खन्तीमा गए राति एउटा ट्याक्सीमा आ’गजनी भएको छ। खन्ती गाउँ स्थित कोबाङ प्रहरी चेकपोस्ट नजिकै रहेको ट्याक्सीमा आ’गजनी भएको हो । राति करिब ३ बजेबाट सुरु भएको आ’गलागी आधा घण्टाको बिचमा नियन्त्रणमा आएको थियो । म्याग्दी समितिको ध १ ज ५१६ नम्बरको ट्याक्सीमा एक्कासि आ’गलागी भएको देखेपछि चालक सञ्जित शेरचनले नजिकै रहेकोे प्रहरी चौकीमा खबर गरेका थिए ।

मस्त सुतिरहेको अवस्थामा द’न्कि रहेको आगोको उज्यालो प्रकाश आफु सुतिरहेको कोठामा परेपछि ब्युझिएको शेरचनको भनाइ छ । पछि झ्याल खोलेर हेर्दा आफ्नै आँखा अगाडि आफ्नो ट्याक्सी जलिरहेको देखे पछि हत्तपत्त नजिकैको प्रहरी चौकीमा खबर गरेको शेरचनले बताए । कोबाङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नेत्रबहादुर जिटिका अनुसार अन्दाजी ३ बजेबाट आगलागी सुरु भएको हो ।

लक डाउनको समयमा यस प्रकारको नि’न्दनीय घ’टना हुनु ग’म्भीर विषय रहेको जिटिले बताए । उनले अनुसन्धान सुरु गरिएको बताउदै आ’गला’गी अ’ज्ञात मानिसबाट भएको हो या ट्याक्सीको प्राबिधिक त्रु’टिले भएको हो अनु’सन्धानले पत्ता लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्