चौबीस घण्टामा ७३ को कोरोना परीक्षण चार दिनमा एउटा पनि फेला परेन

काठमाडौं,चैत १९ गते । नेपालमा पछिल्लो समय नयाँ को;रोना भाइरस संक्रमित व्यक्ति भेटिएका छैनन । नियमित चार दिनसम्म पनि को;रोना भाइरसका नयाँ संक्रमित नदेखिएको हो । यस अघि १५ गते मात्र एक जनामा को;रोना भाइर सको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो परीक्षणमा कुनै व्यक्तिलाई संक्रमण नदेखिएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ७३ जनाको को;रोना भा’इरस ( को’भिड – १९) परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । डा. देवकोटाले हालसम्म एक हजार १३३ जनाको परीक्षण गरीसकेको जानकारी दिनुभयो । उहाँले देशभरका आइसोलेसनमा भने ९९ जना कोरोना आशंकित व्यक्ति रहेको बताउनु भयो। प्रवक्ता डा देवकोटाले सेती अस्पतालमा उपचाररत को;रोना संक्रमित चौथो व्यक्तिको दोस्रो पटक परीक्षणका लागि स्वाव ल्याइसकेको जानकारी दिदै उहाँसंग सम्पर्कमा आएका १२ जनाको स्वाव संकलन गरिएको जानकारी दिनुभयो ।

र्यापिड टेष्ट कीटबारे विभिन्न सञ्चार माध्याम हरुमा प्रकाशित प्रसारित समाचार प्रकाशित भएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा र्यापिड टेष्ट कीटबारे सार्वजनिक गरेको धारणालाई मन्त्रालयले खरिद गरेको र्यापिड टेष्ट कीटसँग जोडी विभिन्न सञ्चार माध्याममा भ्र’मपूर्ण समाचार आएपछि मन्त्रालयले त्यसको खण्डन गरेको छ ।

मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम बहादुर कार्कीले विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको र्यापिड टेष्टकीटकोे गुण स्तर निक्र्यौल गरेपछि मात्रै प्रयोग हुने बताउनु भएको छ । उहाँले अ’नाधिकृत श्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जन गुनासो आउने वित्तिकै यस्तो नगर्न आग्रह गरिएको प्रष्ट पार्नुभएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्