स्वास्थ्य सामग्री खरिदमा ‘अनियमितता’ बारे ओली-प्रचण्ड छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बुधबार बालुवाटारमा छलफल भएको छ । को;रोना भाइरस रोकथामका लागि चीनबाट स्वास्थ्य सामग्री खरिदका क्रममा गडबडी गरिएको भन्दै चर्को आलोचना भइरहेका बेला दुई नेताबीच भेट भएको थियो।

यद्यपि दुई नेताबीच बालुवाटारमा छलफलपछि स्वास्थ्य मन्त्रालयले हाल जारी खरिदका लागि भएको ठेक्का सम्झौता नै तोडिसकेको छ। प्रधान मन्त्रीको सरकारी निवास बालुवा टारमा बुधबार दिउँसो भएको भेटमा दुई नेताबीच स्वास्थ्य सामग्री खरिदमा भएको अनिय मितता बारेमा छलफल भएको उच्च स्रोतले जानकारी दिएको छ। प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री ओलीले ठेक्का रद्द गर्न निर्देशन दिएको दाबी स्रोतको छ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग स्वास्थ्य सामग्री चीनबाट ल्याउँदा भएको गडबडीबारेमा सोधखोज गरेको दाबी स्रोतले गरेको छ । दुई अध्यक्ष बीच बालुवाटारमा छलफल भएपछि सरकारले ओम्‍नी समूहसँग भएको एक अर्ब २४ करोडको औषधि तथा मेडिकल उपकरण खरिद सम्झौता रद्द गरेको थियो। सरकारले २० प्रतिशत महँगोमा ती सामग्री खरिद गरेको स्वीकारि सकेको छ।

ओम्‍नी समूहले मंगबालर सम्म १८ प्रतिशत मात्रै सामान ल्याउन सकेकाले ऊसँगको ठेक्का सम्झौता रद्द गरिएको जानकारी स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले दिइसकेका छन् । यो भेटमा अध्यक्ष दाहालले दार्चुला सहित भारतीय सीमा क्षेत्रमा रोकिएका नेपालीको अवस्थाबारे जानकारी दिँदै उनीहरु बारेमा तत्काल निर्णय लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका बताइएको छ । त्यसैगरि यो भेटमा लकडाउनका कारण संकटमा परेका मजदुर र ग’रिब परिवारलाई राहतबारे पनि छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्