पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने

काठमाण्डौ – बिहीबार देशको पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि चट्याङ र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि चट्याङ र हावाहुरी सहित असिना पानी पर्ने मौसमविद्ले बताएका हुन् । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने छ ।

यस्तै राति पनि पहाडी क्षेत्रको मौसम आंशिक बदली भइ केही ठाउँमा चट्याङ तथा असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महा शाखाले जनाएको छ। अहिले प्रिमनसुन अर्थात् मनसुन अघिको अवस्था चलिरहेको छ । यो बेलामा बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर चट्याङ र हुरीबतास सहित पानी पर्छ ।

यस्तै केही ठाउँमा भने असिना पानी पर्ने र नजिकै कुनै ठाउँमा पानी पर्दा नजिकै अर्को ठाउँमा नपर्न पनि सक्छ । राति भने देशका पहाडी भू–भागमा आँशिक बदली रही पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्