नि:शुल्क खाजा, जुस र पानी खुवाउँदै दाङका व्यवसायी

दाङ, सुरेश श्रेष्ठ । दाङको तुलसीपुर बजारस्थित एक जुस पसल सञ्चालकहरुले संकटको बेलामा निशुल्क सेवा दिन थालेका छन्। सहुलियत जुस बार एण्ड रेष्टुरेन्टका सञ्चालक भुपेन्द्र डाँगीले यस्तो सेवा थालेका हुन्। लकडाउनकाे शुरुदेखि नै उनीहरुले नियमित दैनिक १०० देखि २०० जनासम्मलाई खाजा, पानी र जुस खुवाउँदै आएका छन् ।

को;रोनाका कारण विश्वभरि नै संकट आएको र त्यसका वि’रुद्ध नेपाल सरकार तथा नेपाली जनता पनि लडिरहेकाले यो ल’डाइलाई सहयोग गर्न आफूहरुले जो’खिम लिएर भए पनि यो अभियान चलाएको डाँगीको भनाइ छ । ‘हामीले दैनिक एकदेखि दुइ सयस म्मलाई सेवा दिइरहेका छौं,’ उनले भने, ‘सडकमा अलपत्र परेका यात्रुलाई खाजापानीको अभाव देखेर यो अभियान शुरु गरेका हौं, इम्युनिटी पावर बढाउन पनि सहयोग होस् भनेर जुस पनि दिने गरेका छौं ।’

संकटको बेला केही योगदान गर्नुपर्छ भनेर दैनिक १० देखि १५ हजार लगानी गरेर सेवा गरि रहेकाे उनले बताए । ‘सामान्य अवस्थामा पैसा त कमाइ हालिन्छ तर यस्तो संकट कमै आउने गर्दछ, त्यसैले पनि हामीले यो बेलामा सेवा गर्नुपर्छ भनेर अभियान थालेका हौं,’ डाँगीले भने । सडकमा भेटिने धेरै अलपत्र यात्रुले केही दिनदेखि नखाएको बताउने गरेका छन् । कोही घरभित्र बस्ने र कोही सडकमा अलपत्र अवस्थामा रहेको देख्न नसकेर पनि अभियान थालेका हुन् ।

त्यस्तै ड्यूटीमा खटेका सुरक्षाकर्मीलाई पनि सेवा दिने गरिएको छ । ज्यान जो’खिममा राखेर सुरक्षामा खटिएका सुरक्षाकर्मीको सम्मानका लागि खाजा, जुस र पानीको ब्यवस्था गरिदिएको उनको भनाइ छ । हरेक दिन दिउँसो २ देखि ५ बजेसम्म सेवा दिने गरिएको छ । त्यसको तयारीका लागि चार मजदूरसहित उनी विहानदेखि खटिन्छन् ।

प्रतिक्रिया दिनुहोस्